दछीण अफ्रिकाका जनताले नेलसन मण्डेलालाई माया र आदरगरेर "माडीबा" भनेर सम्बोधन गर्द थिए. त्यो नाम उनको जनजातिय (Tribal) नाम हो. जनताले त्यहि नामले उनलाई सम्बोधन गर्न मन पराउँ थिए.
अफ्रिकी जनताका महान नेता र विश्वकोलागी स्थायी प्रेणनाको स्रोत बनेका क्रान्तीकारी महायोद्धा नेलसन मण्डेला एकै पटक २७ बर्ष र त्यो बाहेक पटक-पटक गरी ३८ वर्ष भन्दा बढी झ्यालखानामा बिताएका थिए. त्यो लामो बन्दी जीवनको अतिरिक्त, उनको झन्डै ७० बर्ष भन्दा बढी अबधीको शंघर्षपूर्ण जीवनमा अथाह र कहाली लाग्दो उतार-चढावको मार्ग हिंडे. त्यो के का लागी? स्वतन्त्रता, सामाजिक न्याय र बास्तविक प्रजातन्त्रको लागी. उनले के पाए? उनले जीवनका धेरै महत्वपूर्ण कुराहरू गुमाए. तर उनले धेरै अमुल्य उपलब्धीहरू पाए- स्वतन्त्रता, सामाजिक न्याय र जनतन्त्र, यध्यपि यी कुराहरूलाइ पूर्णता दिन भ्यायनन. उनले त्यत्ती मात्र पाएनन्, दछिण अफ्रिकी जनता, सम्पूर्ण अफ्रिकी महाद्वीपका जनता र विश्वभरका शान्तीकामी, न्यायप्रेमी र स्वतन्त्रा तथा प्रगतीउन्मुख जनताको असिम आदर, साँच्चो माया र अपनत्व पाए. यो भन्दा ठुलो एउटा मानवको लागी के नै चाहियो र? मण्डेलाले दृष्टिगोचर (Vision) मा राखेको र चाहेको प्रजातन्त्र दछीण एशियाका हाल नेपाल, भारत, पाकिस्तान, बंगलादेश, बर्मा लगायतका देशहरू; रसिया, फिलिपिन्स, अफ्रीकाका अन्य देशहरूमा भनि आएको र चलि आएको नाममात्रको बगम्फुसे (Bogus), देखावटी र नक्कली प्रजान्तन्त्र, अर्थात परमपराबादी र पट्यारलाग्दो "प्रजातन्त्र" थिएन (“Do nothing” democracy). उनले चाहेको प्रजातन्त्र एउटा प्रगतीशील प्रजातन्त्र, हो, जसमा आम जनताले ब्यक्तीगत स्तरमानै आफ्नो दैनिक आर्थिक, सामाजिक र राजनीतक जीवनमा प्रत्यछ्य र सकारात्मक फलहरू अनुभव गर्न पाउन र ए.एन.सी. को मुख्य लछ्य तत्काल रंगभेदबादको अन्त्य गर्नु मात्र थिएन. उसको लछ्य त्यस्तो प्रजातन्त्र स्थापना गर्नु थियो र छ.
क्रान्तीकारी महायोद्धा नेलसन मन्डेलाको धेरै समसामयिक बिषय बस्तुहरूका सम्बन्धमा स्पष्ट र निस्कपट धारणाहरू रहेका थिए. समाजमा हुने भ्रष्टाचारहरूका बारेमा पनि मण्डेलाको अत्यन्त स्पष्ट, निष्कपट र कडा दृष्टीकोण थियो: उनि सबै प्रकारहरूका (आर्थिक, नैतिक र सामाजिक) भ्रष्टाचार (भ्रष्ट+आचरण=भ्रष्ट+आचार ) वा भ्रष्ट ब्यबहारहरूका सख्त बिरोधी थिए र त्यो कुरा उनले ब्यबहारमा देखाएका थिए. उनले ए.एन.सी. (A.N.C.)को एउटा बैठकमा भनेका थिए: "एउटा राजनीतक आन्दोलन, एउटा राजनीतक दल र एउटा राजनीतिक नेताकोलागी आफ्ना कार्यकर्ताहरू र जनताका बिश्वास, समर्थन र माया सबैभन्दा मुल्यवान, भरपर्दो तथा शक्तीशाली हतियारहरू हुन. यदी हामीले भ्रष्ट र पतित भएर आफ्ना कार्यकर्ताहरू र जनताको चित्त दुखायौं भने, हामी ले सबै कुराहरू गुमाउन पुग्ने छौं र हामी हात-खुट्टा नभएका, आँखा, नाक, कान नभएका मानिस जस्तै केही गर्न नसक्ने हुन्छौं.” उनको यही मान्यताकै कारण, उनि राष्ट्रपती भएपछी भ्रष्टाचारमा मुछिएकी, ३३ वर्षसम्म आफ्नो श्रीमती रहेकी र सरकारमा सांस्कृती र बिज्ञान तथा प्रबिधी उपमन्त्री रहेकी विन्नि मण्डेलालाइ सरकारी नियम र कानुन अनुशार कारवाही गर्न लगाए, मंत्री पदबाट निकाले. त्यत्ती मात्र होइन, उनले श्रीमतीबाट परपार्चुके नै गरे, जुनबेला उनि ८२ वर्षका थिए. त्यसका अतिरिक्त, त्यसबेला ए.एन.सी. को तर्फबाट मंत्री रहेका केही व्यक्तीहरू, जो भ्रष्टाचारमा मुछिएका थिए, उनीहरू सबैलाई आरोप लाग्ने बित्तीकै पदमुक्त गरे. विन्नि मण्डेला समेत अन्य केही मन्त्रीहरू कानुन अनुशार झ्यालखाना पनि जाकिए. यसरि, मन्डेलाले आफ्नी श्रीमती, ए.एन.सी. को महिला विभागकी प्रमुख र मंत्री, अन्य व्यक्तीहरूलाई आफ्नो आन्दोलनका महत्वपूर्ण केन्द्रिय सदश्य रहेका, तर भ्रष्टाचारमा लागेकाहरू माथीको कानुनी कारबाहीहरूमा हस्तछ्यप गरेनन र उनीहरूलाई कानुनबाट उम्काउन लागेनन. त्यसपछी, उनि पछी जो ब्यक्ती राष्ट्रपती भए, उनिलाइ पनि भ्रष्ट्राचार आरोप लाग्यो. मन्डेलाले उनलाई तुरुन्तै राजिनामा दिन सुझाव दिए र ती ब्यक्तीले आफ्नो कार्यकाल नसकिंदै राजिनामा दिए. उनि राष्ट्रपती हुन् अगावै विश्व जनताका आदरणीय र प्यारो बनिसकेका मण्डेलालाइ उनको आन्दोलन, दल, सरकार र समाजमा हुने भ्रष्ट्राचारहरू प्रतीको स्पष्ट र कठोर दृष्टिकोण तथा ब्यबहारहरूले उनको महानातामा सुघन्ध थप्यो. उनि भन्ने गर्थे "हेर्नुहोस, भ्रष्टाचारले त्यसो गर्ने नेतालाई मात्र आफ्ना कार्यकर्ताहरू र जनता माझ गिराउन्दैन, त्यसले एउटा महान उद्देश्य लिएको हाम्रोजस्तो आन्दोलन र दलहरूलाई पनि पतन गराउञ्छ. हाम्रा कार्यकर्ताहरू र जनताले हामीलाइ गरिआएको बिश्वास, आदर, समर्थन र अगाध माया हामीले गुमाउने छौं. त्यसपछी सामाजिक न्याय, स्वतन्त्रता र हामीले हांशील गर्न लागेको वा हांशील गरेको बास्तविक जनतन्त्र माथी जनताका शत्रुहरूले धावा बोलने छन्, जनताका शत्रुहरू बलियो हुने छन् र हामीलाई गिज्याउन्दै हाँस्ने छन्. यसरी हामी असफल हुने छौं.”
No comments:
Post a Comment