Friday, March 7, 2014

दोषी ठहरिनबाट बच्न गरेको असफल प्रयाश

ने.क.पा.(ए.मा.ले.) लाई पतनतातिर २०५० देखि हालसम्मको शिर्ष नेतृत्वले नै पुर्याई सकेको छ कि "भबिष्यको नेतृत्वले पतनतातिर पुर्याउने छ" भन्दै आफु पार्टी शिर्ष नेतृत्वमा आउन पाउने सम्भावना नभएपछी आरोपको लागि आरोप मात्र लगाएर दोषी हुनबाट बच्न खोज्ने प्रयाश गरेको हो? आफु लामो १५ बर्ष भन्दा बढी समय पार्टी शिर्ष नेतृत्वमा बसेर पार्टीलाई पतनको खाल्डो पुर्याउने ले नै अरुले "पतनको खाल्डोमा हाल्न लागे" भनेर कुर्लन कसरी सकेको हँ? "जो चोर उसकै ठुलो स्वर" भन्ने नेपाली उखान यस्तै मानिसलाई लागु हुन्छ, होइन र?

साथीहरू, यहाँनेर एक संछिप्त पृष्ठभूमी दिनु मनासिब होला कि भन्ने म ठान्द छु. प्रगतीशील राजनीतिक चेतना भएका तपाईं र हामी जस्तै जो सुकै मानिसलाई थाहा छ कि नेपालमा रहेका ने.क.पा.(ए.मा.ले.) लगायतका सबै बामपन्थी दलहरू र विश्व भरका बामपन्थीहरूका एउटा मात्र दर्शन छ र त्यो दर्शन भनेको मार्क्सबाद-लेनिनबाद हो. त्यसो भएको हुनाले, एमालेमा दर्शन बारेमा अलमल हुने सवाल नै रहेन. मार्क्सवादी-लेनिनबादी दर्शनको एउटामात्र मुख्य उद्देश्य मानव समाजमा एउटा मानवद्वारा अर्को मानवमाथी हुने सबै खालका स्वषणहरूको सदाको लागि अन्त्य गर्नु रहेको छ. नेपाल लगायत संसार भरिका बामपन्थीहरू माझ यो कुरामा कुनै भिन्न मत छैन. उनीहरू माझ मत भिन्नाता भनेको त्यो उद्देश्य कसरी प्राप्त गर्ने, अर्थात, मार्क्सबाद-लेनिनबाद ब्यबहारमा कसरि लागु गर्ने भन्ने सवालमा रहिआएको छ. भाग्यबस, एमाले भित्र यो सवालको हल (Solution) मदन भण्डारीले करिब २ दशक पहिलेनै गर्नु भएको थियो. उहाँले नेपाली क्रान्तीको सिद्धान्त, कार्यक्रम र नितीहरूको स्पष्ट र बिष्तृत रुपरेखा निर्माण गरेर जानु भएको थियो. यसो भएको हुँदा एमालेमा नेपाली क्रान्तीको दर्शन, सिद्धान्त, कार्यक्रम र नितीहरू बारेमा कुनै बादबिबाद र अन्यौलता जस्ता समस्याहरू आगामी लामो समय सम्म रहने छैनन्, यध्येपी एमालेका केहि "पुराना युबा नेता (हरू)" जनताको बहुदलिय जनबाद (जबज) बिरुद्ध आफ्नो सिङ्गले सिन्गुरी खेल्ने दुष्प्रयाश अझै गर्दै छन, जुन कुरा उनीहरूले बिगत २० बर्ष देखि गर्दै आईरहेका छन.
एमाले भित्र त्यत्ती अनुकुल मनोगत स्थिती हुँदा हुँदै पनि मदन भण्डारीको देहाबशान पछी आज सम्म आईपुग्दा एमाले किन अहिलेको गिर्दो र पतनोंमुखी अवस्थामा पुगिरहेको छ भन्ने प्रश्नले नेपालका "माओबादी"हरू बाहेकका अन्य सबै बामपन्थीहरूलाई पिरोली रहेको छ. नेपाली राजनीतिक आकाशमा एउटा उदाउँदो चम्किलो र होनाहार तारा, अत्यन्त प्रतिभाशाली राजनीतिज्ञ तथा राजनेता र अत्यन्त लोकप्रिय जननेता मदन भण्डारीको रहश्यमय हत्या भए पछी, २०५० साल देखी एमाले पार्टीको सर्बशाक्तिशाली महासचिव पदमा नियुक्ति (सुरुमा एमालेको के.क. ले नियुक्ति गरेको) र निर्बाचित भएर अकन्टक रुपमा माधव कुमार नेपाल (माकुने) २०६४ साल सम्म नेतृत्व गर्ने लामो मौका पाए. उनले त्यो पद सम्हाल्दाको समयसम्म (२०५० साल) उनै मदन भण्डारीको नेतृत्व कुशलतले गर्दा तत्कालिन मालेबाट एमाले बनेको दल एमाले नेपालको राजनीतिक दलहरू मध्ये सबैभन्दा अनुशासित, संगठित, जन-आधारित र साँच्चिकै अन्तरपार्टी जनबाद अभ्याष गर्ने पार्टी थियो. त्यो बेलासम्म, देशका एक दर्जन भन्दा बढी संख्यामा रहेका बामपन्थी दलहरू माझ एमाले सबैभन्दा ठुलो दल थियो. अरु सबै बामपन्थी दलहरू एकै ठाउँमा मिलाउँदा पनि तत्कालिन एमालेको लम्बाई र चौडाईको १/४ (एक चौथाई) भन्दा साना र छोटा थिए. यसरि, २०५० सालको वरिपरि एमाले नेपालको बामपन्थी आन्दोलनको मुलधारको रुपमा संचालित भैसकेको र एउटा दलबाट एक आन्दोलनको रुपमा बिकशित हुँदै थियो. हामीले सुन्ने गरेका थियौं, माकुने (माधव कुमार नेपाल) झापा आन्दोलनपछी गठित तत्कालिन कोके (Coordination Kendra) कालदेखिनै पार्टी भित्र दोश्रो हर्ता-कर्ता (Second-man with all-in all power) ब्यक्तीका रुपमा कार्यरत थिए. त्यो क्रम मदन भण्डारीको हत्या पश्चात उनिलाइ महासचिव नियुक्त गर्दाको दिनसम्म जारी रह्यो. यसरी, यो मानिस प्रत्यछय र अप्रथ्यछय गरेर, तत्कालिन को.के., माले र हालको एमालेमा समेत गरेर ३० बर्ष भन्दा बढीको अवधी पार्टीको हर्टा-कर्ता रहेको प्रस्ट हुन्छ. हुन पनि यो मानिसले सबै नभए पनि, हामीजस्तै हज्जारौं कार्यकर्ताहरु, समर्थकहरू र शुभेच्छुकहरूलाइ बक्तीगत रुपमै चिनेका छन्. यसरी, माकुनेलाई एमालेको भित्र र बाहिरका, अंगप्रत्यंग थाहा छ. तर पनि, यसरि, एउटा ब्यबस्थित, पूर्ण जन-आधारित, व्यापकरुपमा देशै फैलिएको र अनुशाशित तथा बहुत अनुशाशित, सृजनशील, ईमान्दार, अध्यनशील र लामो संघर्षहरूमा खारिएका र निस्वार्थ कार्यकर्ताहरूले भरिएको पार्टी हुनु, नेपाली समाज परिबर्तनकोलागि पूर्व-निर्धारित सिद्धान्त, कार्यक्रमहरू र नितीहरू भएको बनिबनाउ पार्टी, त्यसमाथी, आफु स्वयम् नै अप्रत्यछ्य रुपमा लामो समयसम्म माले देखी एमाले कालमा पार्टीको दोश्रो हर्ताकर्ता ब्यक्ती रहिआएको र आफुलाई पूर्ण सहयोग गर्ने थुप्रै आफु सरहका हैशियत भएका अन्य नेताहरूको सहयोग पाउँदा-पाउँदै पनि किन माकुनेले एमालेलाई यो बर्तमान हालतमा पुर्यायो? हो, अब एमालेका सम्पूर्ण नेताहरू, कार्यकर्ताहरू, समर्थकहरू र सुभेच्छुकहरूले यो प्रश्नको जवाफ आगामी ९ औं महाधिबेशनमा खोज्नु पर्छ र त्यस्ता पतनोंमुखी नेता(हरू) लाई किनारा लगाउनु पर्छ.
त्यसकारण, एमालेका आम ईमान्दार कार्यकर्ताहरूले र ईमान्दार नेताहरूले एमालेको नौं महाधिबेशनबाट एउटा बिल्कुलै नया नेतृत्व र अहिले सम्म आफनै पार्टी भित्र हुने गरका षडयन्त्रहरूका शिकार भएर मौका नदिइएका नेता(हरू) लाई एमालेको शिर्ष नेतृत्वमा निर्बाचित गरेर पार्टी र देशको नेतृत्व गर्ने मौका दिनु न्यायसंगत र देश तथा पार्टीको हितमा हुनेछ भन्ने स्वचेर नेतृत्व निर्बाचन गर्नु पर्छ. त्यस्ता नेताहरू युबा नै हुन् पर्छ भन्ने ब्यर्थका कुतर्कमा अलमलिनु हुन्न. जसले पार्टीलाई विचारधारात्मक, सांगठानिक र ब्यबहारिक रुपमा हाँक्न सक्छ, त्यहिँ र त्यस्तै ब्यक्ती एमालेको शिर्ष नेतृत्वमा ल्याईनु पर्छ.

No comments:

Post a Comment