हालै संचार माध्यमहरूमा ने.क.पा. (ए.मा.ले.) "युबा नेता" घनश्याम भुषालले लेखेका एउटा कुनै पुस्तक र भुषाल बारेमा केहि चर्चाहरू भैरहेको देख्न र सुन्नमा आएका छन.
घनश्याम भुषाललाई म ब्यक्तीगत स्तरमा राम्ररी चिन्द छु र शायद उहाँले पनि मलाई केहि हदसम्म चिन्नु हुन्छ होला भन्ने बिश्वास राख्दछु.
भुषालले बिगत लामो समयदेखि एमाले भित्र, खासगरी पार्टीका महाधिबेशन भन्दा केहि समय अगाडी जनताको बहुदलिय जनबाद (जबज) को बिरुद्धमा एउटा फरक मत राखेर पार्टी भित्र बहश चलाईयोस भन्दै प्रस्ताब राख्दै आएका छन्. तर, एमाले महाधिबेशन अगाडी हुने पार्टी बैठकहरूमा उनको प्रस्ताबले यस अघीका महाधिबेशनमा छलफल हुने स्विकृती नै पाएको थिएन. त्यसो हुनाको कारण एमालेको पार्टी पंक्तिमा जबजका समर्थकहरूको अत्यन्त ठुलो बाहुल्यता रहनु हो, जुन कुरा जायज र स्वाभाविक नै हो. अहिले एमालेको ९औं महाधिबेशन हुन लागेको शंदर्भमा पनि बिगत महाधिबेशानाहरूमा जस्तै भुषालले जबज बिरुद्धमा फेरी फरक मत राख्न चाहेको बुझिन्छ. तर, भुषालजीको यस पटकको महाधिबेशनमा प्रस्तुत गर्न खोजेको फरक मत पहिलेको फरक मत भन्दा बिल्कुलै फरक छ जस्तो लागेको छ. त्यो हो: "नेपाल किन बन्न सकेन? किनभने, नेपालमा अहिले सम्म देश बनाउने दल नै जन्मेको छैन." मैले सुनेको अनुशार, भुषालले यो कुरा उनले आफुले लेखेको एउटा किताब मार्फत बाहिर चर्चामा आएको छ. मैले बुझे अनुशार, भुषालले यो कुरा एमालेको आगामी महाधिबेशनमा बहश गराउन चाहेका छन रे. भुषालजीको माथी उल्लेख गरिएको प्रस्ताब एमालेको महाधिबेशनमा छलफल गराउने हो कि उही पहिलेकै पटक-पटक अस्वीकृत हुँदै आएको प्रस्ताब छलफल/बहश गराउन खोजेको हो भन्ने कुरा मलाई यो पटक अहिलेसम्म त्यत्ती स्पस्ट भएको छैन. शायद केहि दिन वा हप्ताहरू भित्रमा स्पस्ट हुन्छ होला.
तर, बहशमा भागलिन चाहने केहि जबज पछ्यधर देखिने, तर सतही दिमाग भएका "दिग्गज," "बुज्रुक" र "लालबुझक्कड़"हरूले बिषय-बस्तुका गहिराईमा पुग्ने कुनै जाँगर तथा बिश्लेशानात्मक छ्यमताको प्रयोग नगरिकनै घनश्याम भुषालको यो किताबलाई "महान खोजको उपलब्धी"को रुपमा व्याख्या गर्न पुगेका छन. अब म ति "दिग्गज," "बुज्रुक" र "लालबुझक्कड़"हरू र घनश्याम भुषालजीलाई केहि आधारभूत प्रश्नहरू पेश गर्दछु. आशा छ, ति महानुभावहरुले कुनै माध्यमबाट मेरा प्रश्नहरू पाउने छन.
१. अब यहाँनेर प्रश्न उठ्छ: के "नेपाल किन बन्न सकेन? किनभने, नेपालमा अहिले सम्म देश बनाउने दल नै जन्मेको छैन" भन्ने जस्तो बिल्कुलै अमुर्त बिषय पनि एउटा कम्युनिस्ट पार्टीको महाधिबेशनमा बहश गराउने बिषय हुन सक्छ? मेरो बिचारमा यस्तो हुन सक्दैन र हुनु हुन्दैन पनि.
२. घनश्यामजी, यस्तो देश बनाउन नसक्ने पार्टीमा तपाईं कार्यरत रहेको आजसम्म कती बर्ष भयो? तपाईं यो पार्टीमा कम्तीमा बिगत ३१/३२ बर्ष सम्म रहनु भएको छ भन्ने तथ्य एमालेका धेरैलाई थाहा छ. यस्तो देश नबनाउने पार्टीमा घनश्यामजी धन्न बस्न सक्नुभएछ, बिचरा ! एमालेको जम्माजम्मी आयु ३६ बर्ष छ, त्यसमा तपाईं नै ३२ बर्ष रहनु भएको छ. त्यो ३६ बर्षे एमालेको अबधीमा बिचको छोटो समयावधी (२०४४-२०५० सम्म) मा मात्र मदन भण्डारी महासचिब हुनु हुन्थ्यो. बाँकी समय त सर्बप्रथम भुषाजीको आफ्नै राजनीतिक गुरु सी.पी. मैनाली, त्यसपछी अहिलेको उहाँको गुरु झलनाथ खनाल र त्यसपछी भुषालजीले अहिले एमालेको अर्को अध्यछ्य पदमा उठाउन खोज्नु भएको माधब कुमार नेपालजी नै १६, १६ बर्ष महासचिब र फेरी खनालजी नै बिगत ५ बर्ष देखी एमालेको अध्यछ्य हुनुहुन्छ. अनि भुषालजी आफै नै बिगत लामो समय देखि एमालेको केन्द्रिय समितीमा हुनुहुन्छ. अनि दोष कसलाई दिनु हुन्छ भुषालजी? तपाईंको आफ्नै भनाई अनुशार तपाईं, माधब नेपाल, मैनाली र खनाल सबै पुरै नालायक, बेईमान र पाखण्डी साबित हुन्नन र? किनभने, ति सबैले नेतृत्व गरेको माले र एमाले पार्टी कहिले पनि देश बनाउने पार्टी हुन पुगेन. अर्को तर्फ, तपाईं नै फेरी तिनै झलनाथ खनाल वा माधब नेपाललाई एमालेको अर्को अध्यछ्यमा उठाउने र जिताउने "महाभियानमा" लाग्नु भएको थाहा हुँदै गएको छ. अनि दोष अरुलाई दिने? के तपाईंले माले र त्यसपछीको एमालेलाई "देश बनाउने पार्टी" बनाउन नसकेकोमा आफ्नो र मैनाली, खनाल तथा माधव नेपालको खुलेर, तर्क र तथ्य सहित अनि मुर्त रुपमा आलोचनाहरू गर्नु भएको छ? के तपाईंले आफु र उनीहरूका कमजोरीहरू, गल्तीहरू र अपराधहरूका बारेमा कहिँ कत्तै उल्लेख गर्नु भएको छ? मलाई थाहा भए सम्म तपाइंले त्यसो कदापि गर्नु भएको छैन. बरु, त्यसको उल्टो, तपाईंले आफ्ना र उनीहरूका कमजोरीहरू, गल्तीहरू र उनीहरूका देश, जनता र पार्टी बिरोधी सबै हरकतहरूको समर्थन नै गर्दै आउनु भएको छ. यसरी, तपाईं जस्तो "अध्ययनशील र चिंताशील युबा नेता" स्वयम् नै बेईमानी र पाखण्डीपनले ग्रश्त हुनु हुन्छ. अनि आफु सबै कुरामा ठिक, अरु सबै बेठिक भन्ने तपाईंको नैतिक धरातल कहाँ छ त? अनि त्यस्ता मानिसले ठुला, अमुर्त र आफुलाई मार्क्सबादी दर्शन भन्दा पनि माथी राखेर गफ़ दिने?
त्यसैले, भुषालजी, अब तपाईंले यो एउटा तथ्य स्विकार्नु पर्छ कि यो देशमा तपाईं भन्दा धेरै बुझेका र चलाख मानिसहरू छन. धुर्त हुनु र चलाख हुनुमा धेरै फरक छ, भुषालजी ! तपाईं आफै नै ईमान्दार हुनु हुन्न भने अरुलाई "ईमान्दार नेता, ईमान्दार पार्टी नै भएनन्" भन्न कसरी सकेको हो तपाईंले? तपाईंले यो भ्रम बाँड्न कोशिश नगर्नुस कि तपाईं आफु चाँही एमालेको केन्द्रिय नेतृत्वबाट अलग्गै रही आउनु भएको छ. तपाईं पनि त्यो "देश बनाउने पार्टी" नजन्माउनेहरॊ कै जमातमा रहिआउनु भएको छ र ति नालायक र पाखण्डीहरू मध्ये एक गफाडी, नालायक र पाखण्डी नै हो नि ! अब तपाईंले तपाईंले भनेको जस्तो "देश बनाउने पार्टी" जन्माए पनि त्यो पार्टीको हालत अहिले ३ वटा ठुला पार्टीहरूका भन्दा बढी राम्रो हुने छैन. किनभने, तपाईंको आधारभूत चरित्र त्यहि हो - गफ, बेईमान्दारी र पाखण्डीपन.
मैले यी प्रश्न सार्बजनिक रुपमा सोधेकोमा तपाईं रिसाउनु हुन्न होला भन्ने आशा गर्दछु. बाँकी पछी.
No comments:
Post a Comment