बिगत केहि महिनाका अबधीमा हामीले नेपालका आफुलाई "यो देशको भाग्य विधातामै नै हुँ, मैले नै यो देशका सबै समश्याहरूका समाधान निकाल्न सक्छु, त्यसकारणले म नै प्रधानमंत्री हुनु पर्छ" भन्दै पदकालागि आफु र आफ्ना गुटकाबारेमा बाहेक अरुका बारेमा कहिले पनि केहि स्वच्न नसक्ने " माओबादी" नेताहरू छबिलाल दाहाल, बाबुराम भट्टराई, कांग्रेसका नेताहरू शेर बहादुर देउबा, राम चन्द्र पौडेल, एमालेका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनालहरूले बारम्बार मौका पाउँदा पनि केहि गर्न नसकेका, बरु उल्टो देश, जनता र आफ्नै दलहरूका अन्य नेताहरू र इमान्दार कार्यकर्ताहरूका बिरुद्ध अनेकौं गल्ती र अपराधहरू गरे. तर, आफ्ना ति गल्ती र अपराधहरू स्विकार्न र महशुस गर्न कहिले पनि तयार छैनन्. अर्को तर्फ, मैले वा म जस्तै अरु कुनै मानिसले ति नेताहरूका त्यस्ता गल्तीहरू र अपराधहरूबारेमा लेखेर आम जनता समछ्य राख्दा, ति नेताहरूका दाश मानशिक्ता भएका समर्थकहरू र अन्य बुझक्कडहरूले "बुझ्नु भयो, हामीहरूले अरु कसैको आलोचनाहरू गरेर केहि फाईदा हुन्दैनन, अरुको गल्ती र कमजोरी देखाएर र त्यसरी आलोचना मात्र गरेर, केहि हुने वाला छैन. त्यसो भएकोले, यस्तो आलोचना गर्ने काम छोडिदिनु पर्यो" भनेर आफ्ना मालिक ति नालायक, आफु बाहेक अरु सबै बुद्दु छन भन्ने ठान्ने र फटाहा नेताहरूको बचावट गर्ने सल्लाह र अर्तीहरू दिने र फोहोरी शब्द/वाक्यहरू प्रयोग गर्दै गालि गर्ने र धम्कीहरू सम्म दिने गरेको देखिनमा आएको छ. यस्ता दाशहरूको दिमागमा गलत र ठिक बीच भेद पाउने छ्यमता हुन्दैन. स्वच्न सक्ने शक्ती हुन्दैन र त त्यस्तो दाश बन्न पुग्छन अनि त्यस्ता नेताहरूका पछ्यमा आफु जस्तै अरुलाई पनि लाग्न कुतर्कहरूका साथ अर्ती र धम्की अनि आमाचारी गाली बर्शाउन थाल्छन. एक अर्का थरि मानिसहरू छन, जो त्यस्ता दाशहरू त होइनन होला, तर पनि बडो बुझक्कड र बुज्रुक बनेर त्यस्ता कुतर्कहरू पस्कनछन. मानब बिकाशको उच्चतम परिणामको रुपमा बिज्ञान जन्मेको छ. यो बिज्ञानले हरेक बस्तु र घटना आफूभित्र रहेको गती रुपी द्वन्दको कारणले पहिलेको भन्दा बिकशित आवस्थामा आईपुग्छ तथ्ययुक्त मान्यता राख्द छ. म आफु त्यही मान्यतामा असिम बिश्वास राख्ने मानिस हुँ. म बिज्ञान (सत्य, तथ्य र तर्कहरूमा) मा पुरा बिश्वास गर्ने मानिस हुँ, अन्धभक्तीमा र दाशत्वमा हैन. त्यस्तै, मानिसहरूले जानेर वा नजानेर गल्तीहरू र अपराधहरू गर्छन. त्यस्ता गल्ती र अपराधहरूलाई अरुले आलोचनाको रुपमा देखाई दिएर वा कारबाहीहरू गरेर ठिक ठाउँमा ल्याउनु पर्छ, नत्रभने त्यस्ता मानिसहरू पतनको दिशामा भासिन पुग्ने छन. यस्ता आलोचनाहरू भनेका त्यस्ता व्यक्तीहरूले स्वचेका र गरेका कामहरू (वा कुकामहरू) का बिरुद्ध लछित हुन्छन. यहाँनेर, द्वन्द भयो - सहि र गलत चिजहरू बीचका द्वन्द. यसरी, द्वन्द (Dialectic) त विज्ञानले मानेको सिधान्त नै हो. जसले यो द्वन्दबाद (Dialectism) भनेको के हो भन्ने बुझको छैन, तर, जो आफुलाई निक्कै नै "सन्सार बारेमा बुझेको छु" भन्ने फोस्रो र सतही ज्ञान राख्द छ, त्यस्ता मानिसहरूले हाम्रो आलोचनाको उदेदेश्य र अर्थ बुझ्दैनन. तब, त्यस्ता अर्थ न बर्थका अर्तीहरू ओकल्न थाल्छन. त्यसैले, म हाम्रा बडा बुझक्कड र बुज्रुक मित्रहरूलाई, यस्तो अर्थ न बर्थका बुझक्कडपन नदेखाउन अनुरोध गर्द छु. तर, जो जो त्यस्ता नेताहरूका दाश बन्नुमा आफ्नो नै सर्बोत्तम हितमा छ भनी मान्यता राख्दा छन, तिनीहरू ले जे गरुन र जे भन्दै जाउन, त्यो कुरामा मेरो चिन्ता र चासो छैन. म आफ्नो कर्तब्य निर्बाह गर्दै जान्छु. बिज्ञानलाई नबुझेको मानिसले द्वन्द र द्वन्दबादलाई बुझ्न सक्दैन, द्वन्दबादलाई नबुझ्नेले मार्क्सबाद-लेनिनबाद बुझ्न सक्दैन र त्यस्तो मानिस हरू, कम्युनिस्ट वा बामपन्थी र प्रगतीशील हुनसक्दैन. नेताहरूले गरेका गल्तीहरू र अपराधहरूका आलोचना नै गर्नु हुन्दैन भन्ने यो कुन बिज्ञान र कुन कम्युनिस्ट निती भित्र पर्छ? त्यसो भए त नेताहरूले जस्तोसुकै नराम्रो काम गर्न पनि छुट पाउने भएनन र? म यो बिज्ञान बिरोधी नितीलाई मान्न नसक्ने मनिस परें नि ! नेताहरूका दाशहरूलाई, बुझक्कडहरू र बुज्रुकहरूलाई, जसले बिज्ञान, द्वन्दबाद र आलोचनाहरू माझको आपसी सम्बन्ध बारेमा बुझेका हुन्दैनन, तिनीहरूकलागि आफ्ना मालिक नेताहरूको गल्तीहरू र अपराधहरूका बारेमा कसैले अलिकत्ता मात्र चर्चा गर्यो भने, रिसले आगो हुने गल्तीहरू गरेकै होइनन भनेर जिद्दी गर्ने जस्ता कुराहरू बाहेक अरु कुराहरूसंग उनीहरूलाई चासो हुन्दैन र उनीहरू आफ्नो नेताहरूको आलोचना गर्नु भनेको पार्टी माथीकै आक्रमण गरेको हो भन्ने बुझ्दछन.
मानिसहरू र अन्य जनाबारहरू बिचमा एउटा मात्र भिन्नता के हो भने, मानिसले आफ्नो मष्तिस्क प्रयोग गर्न जानेको हुन्छ, जब कि जनावारहरू ले त्यसो गर्न सक्दैनन. त्यसै भएर मानिसले सुन र पित्तल, चाँदी र अल्युमिनियम वा गुहु र गोबर छुट्टयाउन जानेकi हुन्छन. मैले आफुलाई एउटा मानिस भएको जस्तो लागेकोले त्यही गरेको मात्र हो. नत्र भने कुनै नेताले जत्तीसुकै गल्ती र अपराधहरू गरे पनि ठिक भनेर मान्न त मेरो मानब मश्तिस्कले सक्दैन है. माधव नेपाल १५ बर्ष नेतृत्वमा बसेर पार्टी लाई प्रगतीपथमा लैजानुको सट्टा पार्टी अधोगतीमा गैनैरह्यो. तयसो भएकोले त बिगत २० देझि नेपालको शम्सदमा कुनै पार्टीको बहुमत नपुग्ने गरी निर्बाचन नतिजा आईरहेको छ. ल अब तपाईं नै भन्नुहोस त, के मैले सुन र पित्तल छुट्टयाउने काम गरेर गल्ती गरें? तपाईंको जस्तो यो नेता पनि ठिक, उ नेता पनि ठिक हो भन्ने मानशिक्ता वा दृष्टीकोणले कुनै पनि बिषयमा सहि निर्णयमा पुग्न सक्दैन. बिज्ञानले सन्सारका हरेक बस्तु वा घटनाक्रमको बिसलेषण गर्न सिकाउञ्छ. मार्क्सबाद-लेनिनबाद एउटा र एउटा मात्र राजनीतिक दर्शन र सिधान्त हो, जो पुरै बिज्ञानमा आधारित छ. तपाईंको बिचार वा दृस्टीकोण र स्वचाई त माकुनेको जस्तै नपुंसक दृस्टीकोण हो भनि मान्न सकिञ्छ. त्यस्त मानिसहरू त झलनाथ खनाल र माकुनेलाई बहुत कामलाग्छ. म जस्तो सत्य र न्यायको पछ्यपाती तपाईं जस्तालाई मन नपर्ने हुञ्छ. म बिज्ञानमा बिश्वास गर्छु र त्यही अनुशार बिसलेषण गर्छु. म उ ठिक हो, तर उ पनि ठिक नै हो भन्ने खालको मानिस परिन र एउटा बिज्ञान सम्मत मानिसले त्यस्तो यो पनि ठिक, उ पनि ठिक भन्न जानेको हुन्दैन, त्यो दृष्टीकोण बिज्ञान बिरोधी र पिछडिएको दृष्टीकोण हो.
केहि मानिसहरूले अझै सम्म पनि एमालेमा माकुने, झलनाथ खनाल, आदीका विकल्प को हुनसक्छ भन्ने कुरा ठमयाउन सकेका छैनन भन्ने लागिरहेको छ. मैले लेखेको लेखहरू मात्र हेर्दै/पढ्दा पनि आफ्नो धारणा बनाउन एउटा निश्चित आधार मिल्नु पर्ने हो. Facebook मा पोस्ट गरिएका लेखहरूका सिर्शक र केहि हरफहरू मात्र पढेर त हामीले आफ्नो ज्ञानको स्तर उकास्न सक्ने छैनौं. हामी कुनै पनि लेखको शिर देखी पुच्छर सम्म ध्यान दिएर पढ्ने बानी नभए पछी यस्ता समस्याहरू आई रहनछन. कसैको लेखहरू पढ्न, समाचार पढ्न जाँगर र समय त लगाउनु पर्छ नै. मेरो तर्फबाटति मानिसहरूलाई पढ्ने र चिन्तन गर्ने बानि बसाल्नुहोस, सतही भएर देश र दुनिया बारेमा सहि जानकारी प्राप्त हुनेछैन भन्ने सुझाव छ. तपाईं माकुने, खनाल, छबिलाल दाहाल, बाबुराम भट्टराई, शेर बहादुर देउबा, राम चन्द्र पौडेल, के.पी. वली र अन्य नेताहरू माझ भिन्नता थाहा नपाउनुका कारण गहिरो अध्यनको अभाव नै हो कि जस्तो लागेको छ. आजभोली ठिक र बेठिक छुट्टयाउन तालिम प्राप्त अन्य जनाबरहरूले त सक्छन भने, हामी त मानिस नै हौँ जस्तो लाग्छ. यसरी, ठिक र बेठिक छुट्टयाउन नसक्ने हो भने त हामी त ति बिचरा तालिम प्राप्त जनाबरहरू भन्दा पनि तल्लो श्रेणीका जनाबार ठहरिने छौं.
तपाईंले हाम्रो यो लेख/चिट्ठी पाउनु भएमा, यो लेख्ने मानिस को रहेछ भनी शोध्नु भन्दा, हामी एउटा बेग्लै सल्लाह र सुझाव प्रस्तुत गर्द छौं. हाम्रो देशको उत्तरी छिमेकी देशका एक महान दार्शनिक र नेताले आज भन्दा ७ दशक अघी आफुले लेख्नुभएको एउटा दार्शनिक लेखमा भन्नु भएको थियो, "कमरेडहरू, कुनै मानिसले हाम्रो बारेमा केहि कुरा भनेमा, यो कसले भनेको हो भन्ने प्रश्न तिर जानु भन्दा के भनेको र किन त्यसो भनेको रहेछ भन्ने प्रश्नहरूको उत्तरहरू खोज्न तर्फ़ लाग्नु उपयुक्त हुञ्छ" भन्नु भएको थियो. त्यो चिरकालिन विश्व प्रशिद्ध दर्शन शास्त्रको लेखको शिर्षक हो "अन्तरविरोधहरू बारेमा (On Contradictions).” साथीहरूले पनि त्यसै गर्नु होला भन्ने हाम्रो अनुरोध छ.
यहाँलाई स्पष्ट होस्: यो लेख मार्फत हामीले कुनै बहश वा बिबाद सुरु गर्ने धृष्टता गरेका होइनौं. यो त, माथी भनेजस्तै हामीले खुदै भोगेका, देखेका र सुनेका आधारमा प्राप्त तथ्यहरू र तर्कहरूलाइनै आधार बनाएर प्रस्तुत गरिएको आफ्नो धारणाहरू मात्र हुन्. हाम्रो यो लेखको एउटामात्र उद्देश्य भनेको "बादशाहको नया बश्त्र" (Emperor's New Cloth) भन्ने प्रशिद्ध कथाको त्यो बालकले सत्य कुरा बोलिदिएर त्यो कथाको बादशाहको मुर्खतालाइ उदिंग्याईदिएजस्तै एमालेको शिर्ष नेतृत्वमा लामो समय सम्म हालीमुहाली चलाइ रहेरहेका केहि नेतारुपी आधुनिक बादशाहहरूको मुर्खता उदिंग्याईदिन मात्र खोजेका हौँ.
दीपक मनराल
शिकागो
No comments:
Post a Comment