भनिने गरिन्छ, कुनै अभियान वा महत्त्व्पूर्ण काममा सफलता हान्शिल गर्न प्रतिभा, मिहिनेत र ईमान्दारी जस्ता ३ तत्वहरू अत्यावश्यक रहन्छन। यो नियम् चाहे ब्यापार छेत्रमा होस्, चाहे खेल्कुद्मा होस्, शैछिक छेत्रमा होस, कुनै पनि पेशा र छेत्रमा समान रुपमा लागु हुञ्छ. राजनीतिकमा पनि लागु हुञ्छ. ईमान्दारीकासाथ भन्ने हो भने, त्यसमा त अझ बढी प्रतिभा, मेहेनत र ईमान्दारीको आबश्यकता रहनछ, यदी देशलाई साँच्चिकै र छिटै प्रगतीपथमा लाने हो भने ।नेपालमा, आजसम्मको ईतिहासमा अवलोकन गर्दा राजनितिमा त्यस्तो सार्है प्रतिभा सम्पन्न हुनुका साथै आफ्नो दर्शन, शिद्धान्त, पार्टी, कार्यकर्ताहरू, जनता र देशप्रती अत्यन्त ईमान्दार र मिहिनेती तथा निस्कपटी नेता मदन भन्डारी हुनुहुन्थ्यो भन्ने कुरामा कुनै बिबाद छैन ।त्यस्ता प्रतिभाशाली र ईमान्दार नेताहरूलाई पार्टी पद्, सार्बजनिक पद कहिले चाहनाको कुरा नभएर स्वत: आइलाग्ने बिषय हुन् पुग्छन।
जब कुनै नेता आफ्ना बौद्दिक असछ्यमता [(बौद्दिक टाटपल्टाई = Intellectual bankruptcy) तथा देशघाती, जनताघाती, पार्टीघाती र कार्यकर्ताघाती व्यवहारहरूका कारणले र/वा लामोसमय र बारम्बार आफ्नो पार्टी र देशको नेतृत्व गर्ने मौका पाउँदा पनि पार्टी र देशका लागि कुनै उल्लेखनिय कामहरू सम्पन्न गर्न सक्दैनन, तब उनीहरू, आफ्ना सह-योद्धा अन्य नेताहरू, आफ्ना कार्यकर्ताहरू, समर्थकहरू, शुभेच्छुकहरू र जनताहरूका समर्थन र बिश्वास प्राप्त सक्दैनन. तर, अर्कोतर्फ़ यस्ता प्रतिभारहित ( बौद्दिक टाटपल्टाई भएका) र ब्यबहारिक स्तरमा समेत पुरै अकुशल र असफल शिद्ध भैसकेका यस्ता "नेता" हरू आफ्ना सह-योद्धा अन्य नेताहरू, आफ्ना कार्यकर्ताहरू, समर्थकहरू, शुभेच्छुकहरू र जनताहरूका समर्थन र बिश्वास प्राप्त गर्न असछ्यम हुन पुग्छन. यस्ता नेताहरू "मेरो पार्टीमा र यो देशमा म भन्दा राम्रो नेता नै छैनन. त्यसैले, म नै र म मात्र यो देशका बर्तमान सबै समस्याहरू समाधान गर्न सक्छु, अरु कुनै नेताले सक्दैन" भन्ने एउटा ठुलो भ्रममा रहेका हुन्छन. तर, उनीहरू भित्र आफ्नो दलको र देशको सबभन्दा शक्तीशाली पद प्राप्त गर्ने, पुन: प्राप्त गर्ने वा ति पदहरूमा आफु बाचुन्जेल टाँसी रहने अत्यन्त घृणित र अस्वाभाविक महत्वाकान्छ्या बिध्यमान रहनछ. तब, त्यस्ता नेताहरूले छलकपट्, गुटबन्दी र घृणित अनि असैद्धान्तिक गठबन्धन गरेर पद प्रप्ती गर्ने व जोगाउनु पर्ने अबस्थामा पुग्छन। तर, माथी भनिए झैँ, उनीहरूमा कुनै प्रतिभा र नेतृत्व कुशलता नभएका कारणले फेरी ति पदहरूमा पुग्ने सम्भावना हुन्दैन. हो, यहिँ नेर हो, यिनीहरू पार्टीभित्र अरु नेताहरूको सहयोग लिएर ति पदहरू प्राप्त वा पुन:प्राप्त गर्न ति खास-खास नेताहरूसंग केहि लिने र दिने आधारमा समूह बनाउन सुरु गर्छन. यहिँ हो गुटबन्दीको प्रस्थान बिन्दु । नेपालका अहिले सबै पार्टीहरूका सबै शिर्श नेताहरूले यस्तै ब्यबहारहरू देखाईरहेका छन। यस्तै भएकोले सबै राजनैतिक पार्टीहरू र हाम्रो देशलाई दिन्-प्रतिदिन अज्ञात दिशातर्फ र अधोगती तर्फ धकेलिदै छ. अहिले शेर बहादुर देउबा, रामचन्द्र पौडेल, माधव कुमार नेपाल, बामदेव गौतम, झलनाथ खनाल, छबिलाल दाहाल र बाबुराम भट्टराई, यहिँ भ्रममा बाँचिरहेका छन र यिनीहरू यहिँ भ्रमले गर्दा यिनीहरूकै आफ्नै राजनीति दलहरू र देशमा अहिले गतीहिनता र बन्धक रहेको अवस्था सिर्जना भएको छ. यिनीहरूका यस्ता घृणित महत्वाकाञ्छ्याजन्य स्वार्थ पुर्ती गर्नका लागि आफ्नै पार्टी र आफ्नै पार्टीका नेताहरूका विरुद्ध अर्को प्रतिष्पर्धी पार्टीसंग समेत साँठगाठ गर्न पुगेका ताजा उदाहरणहरू छन. यसरी, देश, जनता र आफ्नै पार्टी बिरुद्ध अपराध गर्ने, खासगरी माधव नेपाल जस्ता, यी नेताहरूलाई अब जनता र आ-आफ्ना पार्टीका कार्यकर्ताहरूले मौका पाउने बित्तीकै उचित सजायं दिनु पर्छ भन्ने मेरो अभिमत छ. ईतिहांस नियाल्दा हामीलाई थाहा हुञ्छ: प्रतिभाशाली र असाधारण ब्यबहारिक सछ्यामतायुक्त नेताहरू मदन भण्डारी,मोत्सेतुङ्ग, देङ्ग शियाओ फ़ेङ्ग, लेनिन, हो चि मिन्ह, फिडेल कास्ट्रो, आदीलाई आफु बाचुल्जेल पार्टीका र सरकारका शिर्ष पदमा आउन, पुन:आउन वा टिकिरहन हाम्रा नेपालका माथी नाम उल्लेख गरिएका "नेता"हरूलाई जस्तै षडयन्त्र र महाषडयन्त्रहरूमा दिन-रात तल्लिन रहनु कहिले परेको देखिन्दैन. तर, उनीहरूलाई त बाचुन्जेल ति पदहरू स्वत: आईलागेका थिए.
७० बर्ष भन्दा बढी अबधीको अत्यन्त कठोर संघर्ष र ३८ बर्षको झ्यालखानाको बासमा रहंदा पनि र दछिण अफ्रिकी जनताले चाहना गर्दा गर्दै पनि मण्डेलाले एक पटक भन्दा बढी राष्ट्रपती हुन चाहेंनन र देशमा एक अभिभावक राजनेताको हैशियतमा रहन रुचाए. जनताले उनलाई "तपाईं अब बाचुन्जेल देशको राष्ट्रपती हुनुपर्छ" भनि आग्रह गरेका थिए. तर, मन्डेलाले भने: "हेर्नुस, म मण्डेलालाई यो देशको राष्ट्रपती भैदियोस भन्ने तपाईंहरूको इच्छा मैले पुरागरिदिसकें. अब अरु नेताहरूलाई पनि जांच गर्ने र अन्य नेताहरूलाई पनि मौका दिनु राम्रो होला कि भन्ने मेरो बिचार छ. के थाहा? उहाँहरू म भन्दा बढी अशल र सछ्यम पो हुनु हुन्छ कि !" भनि महानता दर्शाए. बाचुन्जेल आफुनै देश, सरकार र दलका नेता हुनु पर्छ भन्ने अन्य धेरै देशहरूका नेताहरूले स्थापित गरेका अबिकषित र असभ्य परम्परालाइ त्यागे. उनले देशका अन्य नेताहरूलाई मौका दिन चाहे र त्यसको लागी आफु दृष्टान्त बनेर देखाए र देश, जनता र आफ्नो राजनीतक संगठन ए.एन.सी. (A.N.C.= African National Congress) र त्यसका अन्य नेताहरू प्रती महान भरोसा र बिश्वास प्रकट गरे.
दीपक मनराल
शिकागो
फेब्रुअरी, २०१४
No comments:
Post a Comment