केहि मुट्ठीभरका "नेताहरू"का चरम महत्वाकाञ्छ्याजन्य षड्यन्त्रले गर्दा नेपाल एउटा गतीहिन र बन्धक देश बन्न पुगेको छ.
केहि मुट्ठी भरका नेताहरूको आफु बाचुन्जेल आफुले मात्र आफ्नो पार्टीको र/वा सरकारको नेतृत्व गर्न पाउनु पर्छ भन्ने अत्यन्त घृणित महत्वाकाञ्छ्याका कारण लामो समय देखी नेपाललाई गतीहिन र बन्धक बनाई राखिएको छ. नेपाली कांग्रेसमा "यो बुढो सुशील चांडो असफल भैदिए देखि मेरो पालो चांडो आउने थियो" भनेर उनकै पार्टी का २ जना नेताहरू माला जपेर कोइरालालाई अप्ठ्यारो पार्ने षडयन्त्रमा आफ्नो तरिकाले ब्यस्त छन. "एमालेलाई गृहमन्त्रालय दिनु भनेको कांग्रेसले आत्महत्या गर्नु नै हो, त्यसो भएकोले कुनै पनि हालतमा उसलाई गृह दिनु हुन्न" भन्ने रामचन्द्र पौडेल र शेर बहादुर देउबा कोइरालालाई जानाजानी भण्डखालोमा हाल्ने जालो बुन्दैछन. अर्को तर्फ़ "एमाले र कांग्रेस असफल भैदिए देखि मेरो पालो चांडो आउनेथियो" भनेर छविलाल दाहालहरू एमाले-कांग्रेस गठबन्धन सकेसम्म चांडो टुटोस् भनेर त्यहिँ अनुशारको षडयन्त्र आफ्नै ढंगले ब्यस्त छन. यिनीहरू एमाले र कांग्रेसका केहि महत्वपूर्ण नेताहरूलाई "हेर्नु होस्, तपाईंलाई अप्ठेरो पर्यो भने हामी सघाई हाल्छौं नि" वा "यदि एमालेले मन्त्रीमंडल बनाउने पहकदमी लिञ्छ भने हामी तपाईंहरूलाई समर्थन गर्ने छौं" भन्दै एमाले-कांग्रेस समझदारी टुटाउन प्रयाशरत छन.
एमाले भित्र हाल चलिरहेको लाजमर्दो नाटक बारेमा मैले भन्दा बढी नेपालका संचार-माध्यमहरूले छ्या-छ्याप्ती बाहिर ल्याएको कुरा सबैलाई थाहा भएकै हो. त्यो नाटकका प्रमुख र सबैभन्दा घृणित र बिध्वम्शकारी पात्र त माधब कुमार नेपाल नै हुन भन्ने तथ्य यो भन्दा बढी स्पस्ट हुन बाँकी छ र? माधव कुमार नेपाल लगातार १५ बर्ष भन्दा बढी एमालेको महासचिब हुँदा पुरै असफल भएकोले लाज छोप्न राजिनामा दिएका नाटक गरेको र त्यसपछी के.पी. वली र गिरिजा कोइरालाको सहयोग र योजना अन्तर्गत २३ महिना प्रधानमन्त्री हुँदा माखो मार्न नसकेको हामी सबैलाई थाहा छ. त्यहिँ माधब नेपाल एमालेको अर्को अध्यछ्य हुने आफ्नो महत्वाकाञ्छ्याजन्य षडयन्त्र अन्तरगत बनेको अबशरबादी गुटबाट अर्का महत्वाकान्छी नेता बामदेव गौतम अलग्गिएर के.पी. वलीलाई सघाउन गएपछी आफु कुनै अवस्थामा पनि एमालेको अध्यछ्य हुन नपाउने स्थिती देखेपछी मानशिक रुपमा सार्है विछिप्त बन्न पुगेका छन. त्यसो भएकोले नेपालले कांग्रेसका नेताहरूलाई "बुझ्नु भयो, बामदेव जस्ता भ्रष्टाचारीलाई तपाईंको मन्त्रीमंडलमा उप-प्रधानमन्त्री र गृहमन्त्री बनाउनु भयोभने त तपाईंको स्वच्छ छबीमा नराम्रो दाग लाग्छ. त्यसो भएकोले उसलाई कुनै पनि हालतमा त्यो जिम्मेवारी दिनु हुन्दैन" भनेर आफ्नै पार्टी र आफ्नै नेता बिरुद्ध कांग्रेसी नेताहरूसंग रातदिन हारगुहार गरिरहेका छन. यस्तो घोर अपराधपूर्ण घटना बारेमा त नेपालका सबै प्रमुख समाचार पत्रहरूले छ्याप्छ्याप्ती लेखेकै छन. माधब नेपालले त्यसो गर्नाको पछाडी २ वटा कारणहरू रहेका छन. पहिलो कारण, बामदेव गौतमले आफ्नो गुटलाई "धोका दिएकोले," ततकाललाई गौतमसंग त्यसको बदला लिएको. दोश्रो कारण, अलि दिर्घकालिन दृष्टीकोणले, त्यसो गरेपछी बामदेव गौतम फर्केर आफ्नो गुटमा आउने छन र एमालेको आगामी महाधिबेशनमा वलीलाई हराएर आफु अध्यछ्यपदमा बिजय हुन सकिने छ भन्ने अपेछ्या. एकातर्फ माधब नेपाल ‘तपाई स्वच्छ छविको मान्छे, एक हिसाबले सन्तनेता पनि, वामदेव जस्तो खराब छवि भएको पात्रलाई गृहमन्त्री बनाउनुभयो भने तपाईको इमेज कहाँ पुग्ला,’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू दिल्लीबाट फर्किएको तेस्रो दिन नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालासँग भने, ‘वामदेव गृहमन्त्री बन्नु तपाईंको हितमा त छँदै छैन, मेरो हितमा पनि छैन, यही वैशाखमा हाम्रो पार्टीको नवौं महाधिवेशन हुँदैछ, हामरो पक्षको गृहमन्त्री भएन भने अप्ठेरो पर्छ, तसर्थ वामदेवलाई होइन, अरूलाई नै गृहमन्त्री बनाउनुपर्ला।’ अर्कोतर्फ, विभिन्न सार्बजनिक मंचहरूमा बोल्दा "ामेल साना तिन कुराहरू मा हानथाप गर्नु हुन्न. ुख्य कुरा संबिधान निर्माण गर्नु हो" भन्दै छन. माकुनेका यस्ता कपटपूर्ण र दोधारे ब्यबहारहरू आफ्नै पार्टी र नेताहरूका बिरुद्ध लाछित रहेका छन भन्ने कुरा मध्ये दिनको सुर्य जस्तै प्रष्ट छ. यस्ता पार्टी र देशका स्वार्थ बिरोधमा कामगर्ने "नेता"लाई जे गर्न पनि छुट दिने पार्टी नेतृत्वलाई नामर्द र लाचार नेतृत्व नभनेर के भन्ने? यस्ता मानिसहरूले नेतृत्व गरेको पार्टी कस्तो हुञ्छ? देखिएकै छ नि !
अब, यस्तो अबस्थामा, कोइराला, वली र बामदेव गौतमहरूले गम्भीरता र बडो धैर्यपूर्बक, तर यथाशिग्र निर्णायक कदमहरू चालेर यी षडयन्त्रकारीहरूका स्वार्थजन्य षड्यन्त्रहरूबाट आ-आफ्ना पार्टी, देश र जनतालाई अहिलेको गतीहिन र बन्धक स्थितीबाट देशलाई मुक्त गर्नु पर्छ. त्यती मात्र होइन, यिनीहरूले आफ्नो राजनीतिक यात्राको कुनै पनि घडीमा यी माथी उल्लेख गरिएका घोर षडायन्त्रकारीहरूबाट आफ्नो यात्रा सुरछित राख्न सतर्क रहनु पर्छ.
यस्ता बारम्बार र लामो समय आफ्नो पार्टी र/वा देशको नेतृत्व गर्ने मौका पाउँदा पनि यो वा त्यो बहानामा देशको लागी माखो मार्न नसक्ने नामर्द, अबौद्दिक, पदलोलुप, लुच्चो र फटाहा नेताहरूले यिनीहरूले देश र जनताका बिरुद्ध गरिआएका अपराधहरूका लागि कहिले सजायं पाउने हुन, त्यो हामी नेपाली जनताले बडो अधैर्यतापुर्बक पर्खनु परिरहेको छ.
दीपक मनराल
फेब्रुअरी, २०१४
No comments:
Post a Comment