Friday, March 7, 2014

युबा होस् वा बुढा

एमालेको हाल चलिरहेको बैठकमा केहि उरन्ठेउला र महत्वाकान्छ्यी, तर प्रतिभा र छ्यमता पटक्कै नभएका तथाकथित युबा नेताहरूले अबदेखि २० बर्ष भन्दा बढी पार्टी केन्द्रिय समितीमा रही सकेका नेताहरूलाई आउने एमाले महाधिबेशनमा पार्टीको केन्द्रिय समितीबाट अनिबार्य बिदा लिनु पर्ने प्राबधान राख्ने प्रस्ताब गरेका छन रे. यो प्रस्ताब राख्नेहरू पुरा षडयन्त्रकारीहरू हुन्. यिनीहरूको एउटा धुर्त योजना के हो भने त्यसोगरेपछी तथाकथित युबा नेताहरूलाई खेल मैदान खाली हुञ्छ र उनीहरू पार्टी नेतित्वमा पुगेर रजाईं गरुँला भन्ने दुराकान्छ्या मात्र हो.
युबा होस् वा बुढा, जसले पार्टीलाई विचारधारात्मक, सांगठानिक र ब्यबहारिक छेत्रहरूमा प्रभावकारी रुपमा हाँक्न सक्छ वा सक्छन, उनीहरूले नै पार्टी नेतृत्वमा रहन पाउनु पर्छ. यो योजना खासगरी जनताको बहुदलिय जनबाद का पछ्यधरहरूलाई पार्टीबाट किनारा लगाउने षडयन्त्रको एक भाग मात्र हो. होसियार, एमालेका नेताहरू र कार्यकर्ताहरू !

No comments:

Post a Comment