Monday, February 24, 2014

आफ्नै पार्टी र आफ्नै नेताहरूका विरुद्ध प्रतिष्पर्धी पार्टीसंग मिलेर गद्दारी गर्ने एमाले नेताहरू

(साथीहरू, यो समाचार मैले Weeklynepal.com बाट साभार गरेको छु. तर, यो समाचारले माधव कुमार नेपाल र झलनाथ खनाल आफ्ना गुटगत गतिबीधीहरूमा कत्ती तल सम्म झरेका छन भन्ने कुराको प्रमाण दिन्छ. यस्ता आफ्नै पार्टीको प्रतिष्पर्धी पार्टीसंग मिलेर षडयन्त्रमा लिप्त अपराधी मनोब्रिती भएकाहरूले कसरी एमालेलाई यो देशको नेतृत्व गर्न सक्ने एउटा बलियो राजनीतिक शक्तीको रुपमा बिकाश हुन दिन्छन भनी टड्कारो प्रश्न उठ्दछ. हामीहरूले ईतिहांसमा पढेका अन्य सबै गद्दारहरूले जस्तै यिनीहरूले पनि "यो हाम्रो बदनाम गराउन हल्ला चलाईएको हो, यसमा सत्यता छैन" भन्लान नै. यिनीहरू आफु पार्टीको शिर्ष नेतृत्वमा आउन नपाएमा पार्टीलाई "भण्डखालोमा गए पनि जावस" भन्ने अत्यन्त निच स्तरका अपराधीपुर्ण मानशिक्ताबाट ग्रष्ट रहेको यो समाचारले प्रमाणित गर्छ. यी गद्दारहरू (अपराधीहरू) लाई एमालेको आगामी नेतृत्वमा आउनबाट रोक्न जसरी पनि कार्यकर्ताहरूले कशरत गर्नु पर्छ र यिनीहरूलाई सकेसम्म नांगेझार पारेर मात्र छोड्नु पर्छ. आफ्नो पार्टीको शिर्ष नेतृत्वमा आशिन रहंदा रहँदै पार्टीकै बिरुद्ध यसरी घोर अपराध गर्ने गद्दारहरूलाई यिनीहरू अरु देशमा भएको भए पार्टीका सबै पदहरूबाट बर्खास्त गरेर झ्यालखाना जाकिने थिए वा अन्य खालका अत्यन्त कडा सजायं पाईसकेका हुन्थे. नेपाल मा भएकोले यी गद्दारहरू बचे. तर, अब पार्टीको ९ औं महाधिबेशन मार्फत यिनीहरूलाई पार्टीको कुनै पनि पदमा निर्बाचन नगेर यथोचित सजायं दिनुपर्छ - दीपक मनराल, फेब्रुअरी १५, २०१४). 

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संसदीय दलको नेता बनाउन केपी शर्मा ओलीलाई सहयोग पुर्याउनुभएपछि एमाले अध्यक्ष झलनाथ खनाल र नेता माधवकुमार नेपालले नराम्रोसँग त्यसको बदला लिएका छन्। ओली–गौतमबीच एकले संसदीय दलका नेताको जिम्मेवारी लिने र अर्कोले काङ्गे्रस नेतृत्वको सरकारमा टोलीप्रमुखको रूपमा सहभागी हुने सहमति भएको थियो। सहमतिअनुसार वामदेव गौतमले एमालेको तर्फबाट नेतृत्व गरी सरकारमा सहभागिता जनाउनुपर्ने थियो र काङ्गे्रस एमालेलाई गृह मन्त्रालय दिनेबारेमा नकारात्मक पनि थिएन। तर, एमाले अध्यक्ष झलनाथ खनाल र माधवकुमार नेपालले यस घटनालाई वामदेवसँग बदला लिने सुवर्ण मौकाको रूपमा प्रयोग गरे। उनीहरूले काङ्गे्रस नेताहरूलाई टेलिफोन सम्पर्क गरी सुशील कोइरालाजस्ता स्वच्छ छविका नेताको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी वामदेव गौतमले प्राप्त गर्ने भएपछि सरकारको स्वच्छ छवि कसरी कायम रहनसक्ला भनी प्रश्न उठाइदिए। अन्ततः सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालासम्म यो खबर पुग्यो। काङ्ग्रेस र एमालेबीच मन्त्रालयहरूको भागबन्डामा सहमति बनिसकेको थिएन। सोमबार (प्रधानमन्त्री भएकै दिन) साँझ सुशील कोइरालाले झलनाथ खनाललाई टेलिफोन गरी गृह मन्त्रालय एमालेलाई दिन नसक्ने जानकारी गराउनुभएको थियो। त्यसरी कोइरालाले गृह मन्त्रालय दिन नसक्ने बताउनुभएपछि अध्यक्ष झलनाथ खनाल मनमनै प्रसन्न बन्नुभएको, तर उक्त प्रसन्नता प्रकट गर्न भने नसक्ने अवस्थामा रहनुभएको बताइन्छ। वामदेवविरुद्धको आफ्नो षडयन्त्र छोपछाप गर्न खनालले गृह मन्त्रालय नपाए एमाले सरकारमा नजाने अभिव्यक्ति दिइरहनुभएको छ। स्मरणीय छ, वामदेव गौतम गृहबाहेक अन्य कुनै पनि मन्त्रालय लिएर सरकारमा सहभागी हुन चाहनुहुन्न। गृह मन्त्रालय एमालेलाई प्राप्त नभएमा एमाले सरकारमा सहभागी भए पनि त्यसको नेतृत्व वामदेव गौतमले गर्नुहुने छैन। झलनाथ खनाल र माधवकुमार नेपालकै ‘फिडब्याक’ का आधारमा काङ्गे्रस गृह मन्त्रालय आफैँसँग राख्ने निर्णयमा पुगेको छ। गृह मन्त्रालय नपाएकै कारण एमाले सरकारमा सहभागी हुँदैन भने पनि काङ्गे्रस त्यसको विकल्प खोज्न तयार भएको छ। तर, वामदेव गौतमलाई गृह मन्त्रालय सुम्पेर सरकारको छवि धमिल्याउने पक्षमा स्वयम् प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्न। आफ्नो छविप्रति अत्यन्त सचेत प्रधानमन्त्री कोइरालालाई एमाले नेताहरूले समयमै सचेत गराएर उहाँलाई गृह मन्त्रालयका बारेमा अडान लिन सजिलो बनाइदिएका छन्। यस प्रकरणले काङ्गे्रस–एमाले गठबन्धनमा मात्र नकारात्मक असर पार्ने नभई एमालेभित्रको आन्तरिक राजनीतिलाई समेत थप जटिल तुल्याउन सक्ने ठानिएको छ।
(साथीहरू, मैले तल २ वटा News articles एमाले सम्बद्ध समाचार-पत्रहरूबाट प्राप्त गरेको छु, मैले आफुले लेखेको होइन. श्रोत: नेपाल राष्ट्रिय साप्ताहिक). 

(I copied this news story form weeklynepal.com, Deepak Manral, Feb.22, 2014)

एकातर्फ माधब नेपाल ‘तपाई स्वच्छ छविको मान्छे, एक हिसाबले सन्तनेता पनि, वामदेव जस्तो खराब छवि भएको पात्रलाई गृहमन्त्री बनाउनुभयो भने तपाईको इमेज कहाँ पुग्ला,’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू दिल्लीबाट फर्किएको तेस्रो दिन नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालासँग भने, ‘वामदेव गृहमन्त्री बन्नु तपाईंको हितमा... त छँदै छैन, मेरो हितमा पनि छैन, यही वैशाखमा हाम्रो पार्टीको नवौं महाधिवेशन हुँदैछ, हामरो पक्षको गृहमन्त्री भएन भने अप्ठेरो पर्छ, तसर्थ वामदेवलाई होइन, अरूलाई नै गृहमन्त्री बनाउनुपर्ला।’ अर्कोतर्फ, विभिन्न सार्बजनिक मंचहरूमा बोल्दा "ामेल साना तिन कुराहरू मा हानथाप गर्नु हुन्न. ुख्य कुरा संबिधान निर्माण गर्नु हो" भन्दै छन. माकुनेका यस्ता कपटपूर्ण र दोधारे ब्यबहारहरू आफ्नै पार्टी र नेताहरूका बिरुद्ध लाछित रहेका छन भन्ने कुरा मध्ये 
दिनको सुर्य जस्तै प्रष्ट छ. यस्ता पार्टी र देशका स्वार्थ बिरोधमा कामगर्ने "नेता"लाई जे गर्न पनि छुट दिने पार्टी नेतृत्वलाई नामर्द र लाचार नेतृत्व नभनेर के भन्ने? यस्ता मानिसहरूले नेतृत्व गरेको पार्टी कस्तो हुञ्छ? देखिएकै छ नि !

(I copied this news story form weeklynepal.com, Deepak Manral, Feb.22, 2014)
काठमाडौं। एमालेलाई गृह मन्त्रालय दिने सहमति नभएको सन्देश विस्तार गर्दै मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरिरहेका प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई असफल पार्ने प्रयासको घेराबन्दीमा परेको भने पत्तो पाएका छैनन्। पार्टीका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, राष्ट्रपति डा रामवरण यादव र एमाले वरिष्ठ नेता माधवकु...मार नेपालका स्वार्थहरुको एकताका घेराबन्दीमा परेर कोइरालाले आफू षडयन्त्रको भूमरीमा परेको बुझ्नसम्म सकेका छैनन्। त्यसै कारण उनी प्रधानमन्त्री निर्वाचित भएको ११ दिन वित्दा पनि मन्त्रीपरिषद् विस्तारमा असफल भएका हुन्।
एमालेसँग कांग्रेसले गरेको ७ बुँदे सहमति कार्यान्वयन गर्ने अवस्थामा आफू एक वर्षपछि शीतलनिवास छोड्नै पर्ने अवस्थाले राष्ट्रपति रामवरण यादव सरकारमा कांग्रेस एमालेको सहकार्य चाहंदैनन्। त्यसैले उनी कांग्रेस जिल्ला सभापतिहरुलाई उक्साएर कोइरालासामु एमालेलाई गृह मन्त्तालय नदिने दवाव डालिरहेका छन्। त्यसको अन्तर्य कोइरालालाई अप्ठेरोमा पारेर आफ्नो कार्यकाल लम्याउने राष्ट्रपतिको सपना नै हो। यस्तै एक वर्षपछि कोइरालाले प्रधानमन्त्री छोडेपछि आफ्नो पालो आउने भन्दै पर्खेका रामचन्द्र पौडेललाई एमाले कोइराला सरकारको साझेदार हुँदा सरकार बलियो हुने र आफू प्रधानमन्त्री हुन नपाउने पिरलोले छोपेको छ। त्यसैले उनी एमालेलाई गृह दिनै नहुने वताएर कोइरालाको सरकारलाई कमजोर बनाउने अभियानमा लागेका छन्। कांग्रेसले गृह मन्त्तालय पाए त्यसवाट लाभ पाउनेमा प्रकाशमान भएकाले उनी एमालेलाई गृह नदिने दवाव सिर्जना गरिरहेका छन्। यस्तै एमाले वरिष्ठ नेता नेपाल पार्टी भित्र हैसियत कमजोर भएपछि कांग्रेससँग भएको सहमति भाँडेर आफू विना परिपक्व काम नहुने सन्देश दिन चाहन्छन् र पार्टीमा बनेको ओली गौतमवीचको समीकरणलाई भत्काइदिन चाहन्छन्। यिनै तीनथरी पात्रहरुको अवरोधलाई राम्रोसँग बुझ्न नसकेका पधानमन्त्री कोइरालाले विषयलाई छिनाल्न नसकेर सरकार विस्तार हुन सकेका छैन।
तर, गृह मन्त्रालयको विवादले संवादहीन देखिएका कांग्रेस एमालेका नेता अनौपचारिक संवादमा भने जुटेका छन्। मन्त्रीपरिषद् विस्तारको गृहकार्यस्वरुप उनीहरुवीच संवाद सुरु भए पनि आ–आफ्नो अडानवाट पछि हटेका छैनन्।
गृहमन्त्रालय एमाललेलाई दिने पूर्व सहमतिमा कांग्रेस नफर्केसम्म मन्त्रीपरिषद् विस्तारकै विषयमा फेरि छलफल नगर्ने अडानमा बसेका एमाले नेताहरुसँग भेटवार्ता र संवाद प्रधानमन्त्री सुशील कोइरालाले अघि बढाएका हुन्। बुधवार प्रधानमन्त्री कोइरालाले विना विभागीय मन्त्री डा रामशरण महतलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको वालकोटस्थित निवासमा 

भेट्न पठाएका थिए भने एमाले महासचिव ईश्वर पोखरेललाई महाराजगंञ्जस्थित आफ्नै निवासमा बोलाएर सरकार विस्तारवारे छलफल गरेका थिए.

एमाले झगडाका सुत्रधार नेपाल

काठमाडौं। एमालेमा संसदीय दलको नेतामा खनाल वा ओली जो भए पनि सर्वसम्मत हुने सम्भावना थियो। दलको नेतामा दावी नगरेका ओलीलाई वरिष्ठ नेता नेपाले नै आफ्नो निवासमा बोलाएर दलको नेतामा खनाल अनुपयुक्त हुने भएकाले अघि बढ्न आग्रह गरेका थिए। ओलीलाई पनि दलको नेतामा उठाउने र खनाललाई पनि उम्मेदवार बनाएर भिडाउने र त्यसको प्रतिफलस्वरुप नवौं महाधिवेशनमा खनालको समर्थन लिएर अध्यक्ष हुने नेपालको दाऊ थियो। बाहिर पार्टीलाई एकतावद्ध बनाउन लागेको सन्देश प्रवाहित गरेर नेताहरुमा विभाजन ल्याउन नेपालले खेलेको भूमिकासँग एमालेको ठूलो पंक्ति रुष्ट छ। नेपालको त्यही भूमिकाका कारण उनी निकट चिनिदै आएका नेताहरु मुकुन्द न्यौपाने, प्रदीप नेपाल, महेन्द्र पाण्डे, केशव बडाललगायतले नेपालको साथ छोडेका छन्। नेपालकै कारण पटक पटकको सहमति प्रयास विफल भएको थियो। सहमतिको प्रयास विफल भएपछि मंगलबार दलको नेतामा चुनाव भएको थियो। सोमवार राती सचिव विष्णु पौडेलको निवासमा सहमति प्रयास भएको थियो। पौडेल निवासमा अध्यक्ष खनाल, नेता ओली, उपाध्यक्ष गौतम र सचिव विष्णु पौडेल सहभागि थिए। छलफलमा खनालले पछि हट्ने संकेत गरेका थिए। स्रोतका अनुसार खनाललाई पार्टीले राष्ट्रपति पाउने अवस्थामा राष्ट्रपति बनाउने सहमति नेताहरुले गरेका थिए। मंगलवार बिहान वरिष्ठ नेता नेपालले खनाल निवासमै पुगेर खनाललाई पछि नहट्न आग्रह गरेपछि खनाल फेरि चुनाव लड्न तयार भएका थिए। सभासद् रामअवतार पासवानकी आमाको निधन भएपछि विहान श्रद्धाञ्जलीका लागि आर्यघाट पुगेका खनाल र नेपालवीच त्यहीं कुरा भएको थियो। आर्यघाटमा संक्षिप्त भेटपछि नेपालले खनाललाई भेट्न निवासमा आउने जानकारी गराएका थिए।
स्रोतका अनुसार त्यस लगत्तै खनाल निवास पुगेका नेपालले चुनाववाट पछि हटेर आफूलाई धोका नदिन खनाललाई सचेत गराएका थिए। नेपालसँगको भेटपछि खनाल चुनावमा जान अग्रसर भएका थिए। सोमवार साँझ आफू पक्षीय सभासद्हरुको भेलामै खनालले केन्द्रीय समितिले आफूलाई संसदीय दलमा उम्मेदवार खडा गरे आफू उम्मेदवार हुने भन्दै सहयोग गर्न आग्रह गरेका थिए। मंगलवार बिहान खनाल नेपाल भेटवार्ता हुनुअघि खनाल दलको नेतामा चुनाव नलड्ने र त्यसको साटो पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेलाई अघि सार्ने तयारी भएको थियो।
एमालेमा अव नवौ महाधिवेशनको सरगर्मी पनि बढेको छ। महाधिवेशनमा नेपालको भूमिका के हुन्छ र उनले खनाललाई आगाडी सारेर संसदीय दलको नेतामा पछारेको घटनाले त्यो समीकरण कसरी अघि बढ्छ भन्ने कुराले महाधिवेशनको चित्र तयार गर्न सकिन्छ। तर, महाधिवेशनमा नेपाल फेरि अग्रसर भए पनि पराजित हुने लगभग निश्चित देखिएको छ। यस्तो अवस्थामा नेपालले फेरि पार्टी अध्यक्ष हुने महत्वाकांक्षा त्यागेर बसे भने महाधिवेशनले सर्बसम्मत नेतृत्व चयन गर्नेछ। यस्तो अवस्थामा अर्काे चुनावसम्म एमालेको उचाई चुलीमा पुग्ने देखिन्छ। तर, नेपाल फेरि पार्टीमा अन्य केहीका महत्वाकांक्षाका पहिचान गरी पार्टी एकताकै आवरणमा तिनीहरुलाई पुठ दिने र उकास्ने काममा भित्र भित्रै लाग्न सक्ने पनि देखिन्छ।
ओली आएपछि अलमल नहोला कि!
काठमाडौं। एमाले संसदीय दलको नेतामा केपी शर्मा ओली निर्वाचित भएपछि नेपाली राजनीति अलमलको शिकार हुनबाट मुक्त हुने अपेक्षा गर्न थालिएको छ। निजी स्वार्थले राजनीतिलाई अनिर्णयको बन्दी बनाउने नेपाली राजनीतिक परम्परामा ओली मुख्यमध्येको एक भूमिकामा उदाएपछि ब्रेक लाग्ने धेरैको अनुमान छ। राजनीतिक रुपमा प्रतिद्वन्द्वीलाई चिन्न सक्ने र उसका राजनीतिक विचारको खण्डन तार्किक रुपमा गर्न सक्ने क्षमताका कारण ओलीको उपस्थितिले संविधानसभा संसद् र सिंगै मुलुकको राजनीतिलाई प्रभाव पार्ने देखिन्छ। त्यसो त ओली दलको नेता निर्वाचित भएपछि एमालेको राजनीतिक भूमिका पनि विगतको भन्दा प्रभावकारी र स्पष्ट हुन्छ भन्ने धेरैको अनुमान छ।
दलको नेता सर्वसम्मत छान्ने प्रयास असफल भएपछि मंगलबार दिउँसो संसदीय दलको कार्यालय सिंहदरवारमा भएको चुनाववाट ओली अध्यक्ष खनाललाई २३ मतले पछि पार्दै दलको नेता निर्वाचित भएका थिए। एमाले संसदीय दलमा भएको चुनावले दुई महिनापछि प्रस्तावित पार्टीको आठौं महाधिवेशनको सम्भावित चित्रलाई पनि स्पष्ट पारेको छ। एमालेमा नेतृत्व हस्तान्तरणको जागरणलाई रोक्न यसअघि पार्टी नेतृत्वमा कब्जा जमाइरहेको शक्ति निकै सक्रिय थियो। त्यसले अमानवीय ढंगले ओलीको स्वास्थ्यजस्तो संवेदनशील विषयलाई पनि फोहोरी राजनीतिक हतियारका रुपमा प्रयोग गर्योा। तर, संसदीय दलको निर्वाचनबाट एमालेमा नेतृत्व हस्तान्तरण निश्चित भएको छ। पार्टीमा नेतृत्व हस्तान्तरणको मुद्दा अघि सार्दै अध्यक्ष खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल बाहेकका पदाधिकारी र शीर्ष नेताहरुले ओलीलाई संसदीय दलको नेता बनाउने प्रस्ताव अघि सारेका थिए। तर, वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्षबाहेकलाई संसदीय दलको नेता बनाउँदा पार्टीको एकता खण्डित हुने बताउँदै खनालको नाम प्रस्तावित गरेका थिए। नवौं महाधिवेशनबाट अध्यक्ष हुने आकांक्षा राखेका नेपालले खनालसँग गठबन्धन गरेर महाधिवेशनमा खनालको समर्थन लिन खोजेका थिए।
शीर्ष नेताहरुबीच सहमति नहुँदा एमाले संसदीय इतिहासमा पहिलोपटक निर्वाचन भएको थियो। निर्वाचनबाट पार्टी प्रमुखलाई हराउँदै तेस्रो बरियताका नेता ओली मंगलबार दलको नेता निर्वाचित भएका हुन्। एक सय ७३ सदस्य भएको एमाले संसदीय दलको निर्वाचनमा सबै मत खसेको थियो। जसमध्ये ओलीले ९८ र खनालले ७५ मत पाए। ओली निर्वाचित भएको घोषणापछि एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख सोमनाथ अधिकारी प्यासीले ओलीलाई दलको नेताको शपथ खुवाएका थिए।
बिहान पार्टी मुख्यालयमा भएको केन्द्रीय समिति बैठकमा शीर्ष नेताहरुले दलको नेतामा सहमति हुन नसकेको जानकारी गराएपछि केन्द्रीय समितिको बैठक १० मिनेट मात्रै बसेर निर्वाचनमा जाने सहमतिसाथ नेताहरु सिंहदरबार प्रवेश गरेका थिए। सोमवार बसेको केन्द्रीय समिति बैठकले रातभर सहमतिको प्रयास गर्न भन्दै मंगलवार ११ बजेसम्मका लागि बैठक स्थगित गरेको थियो।
निर्वाचन परिणाम सार्वजनिक गरे भएलगत्तै अध्यक्ष खनाल र ओलीले पार्टी नेता कार्यकर्ता तथा सभासदलाई सम्बोधन गरेका थिए। चुनावी परिणाम आउनासाथ अध्यक्ष खनाल र संसदीय दलका नेता ओलीबाट आएको प्रतिक्रियाले एमाले ओलीको नेतृत्वमा अ्कभै शक्तिसाली हुने अनुमान गरिएको छ। वरिष्ठ नेता माधवकुमार नेपालको इगोका कारण खनाल उम्मेदवार बन्न विवस भएका थिए। तर, आफूसँग पराजित भए पनि खनाललाई ओलीले कदर गर्दे अघि बढेपछि एमालेको आगामी महाधिवेशन सर्बसम्मतीमा नेतृत्व चयनको सम्भावना बढेको छ। निर्वाचन लोकतान्त्रिक विधि भएकाले त्यसलाई आत्मसात गरी मिलेर पार्टी र संसदीय दल चलाउने खनाल र ओली दुवैले घोषणा गरेका थिए। ओली बोल्नुअघि संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष खनालले ओलीको जित सिंगो एमाले, जनता र लोकतन्त्रको जित भएको वताए। ओलीलाई वधाई दिंदै उनले ओली र आफू मिलेर संसद् र देशमै एमालेको भूमिकालाई प्रभावकारी बनाउने वताए। ‘हाम्रो गौरवमय पार्टी संसदीय दलमा कमरेड केपी ओली बहुमतका साथ नेतामा निर्वाचित हुनु भएको छ, म सिंगो पार्टीको तर्फवाट र आफ्नो तर्फवाट उहाँलाई हार्दिक बधाई दिन्छु’ खनालले भने, ‘यो विजय एमाले, नेपाली जनता र लोकतन्त्रको विजय हो, लोकतान्त्रिक अभ्यासमा सौहार्दपूर्ण रुपमा सामेल भएका हामी मिलेर यो पार्टीको भूमिकालाई संविधानसभा र देशमा प्रभावकारी बनाउँछौं।’ खनालले चुनावपछि एमाले अझै सुदृढ र समृद्ध भएर अघि बढ्ने वताए।
अध्यक्ष खनालपछि बोलेका नवनिर्वाचित संसदीय दलका नेता ओलीले पनि खनालसँग मिलेर पार्टीको भूमिकालाई प्रभावकारी बनाउने वताए। उनले निर्वाचनमा केही समयका लागि दुई पक्षमा बाँडिए पनि चुनाव सकिनासाथ सबै एकै पक्ष भएको वताए। उनले मतदानका आधारमा कसैमाथि पक्षपात नगरिने वताउँदै ढुक्कसँग आफ्नो भूमिका निर्वाह गर्न सभासद्हरुलाई आग्रह गरे। उनले प्रतिस्पर्धाले अध्यक्ष खनाल र आफ्नो सौहार्दपूर्ण सम्बन्ध तलमाथि नहुने पनि वताए। ‘तपाईं सभासद्हरुले विभाजित भएर मतदान गरेको होइन, हामी नेताहरुले नै तपाईंहरुलाई दुई ठाउँमा मतदान गर्न भनेका हौं’ ओलीले भने, ‘मतदान सकिएपछि अव हामी सबै एकै ठाउँ भएका छौं कसैले कता मतदान गर्यो भन्ने आधारमा कसैमाथि पूर्वाग्रह र भेदभाव हुने छैन, ढुक्कले आफ्नो भूमिका निर्वाह गर्नुस्।’
पार्टीको मार्गदर्शक सिद्धान्त कार्यान्वयन गर्न एमालेसँग संसद्मा पनि प्रभावकारी टीम रहेको वताउँदै ओलीले यो टीमले राष्ट्रिय राजनीतिमा एमालेको भूमिका प्रभावकारी बनाउने वताए। उनले अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल र पार्टीका अन्य पदाधिकारीहरुसँग मिलेर आफू अघि बढ्ने वताए।

एकातर्फ माधब नेपाल ‘तपाई स्वच्छ छविको मान्छे, एक हिसाबले सन्तनेता पनि, वामदेव जस्तो खराब छवि भएको पात्रलाई गृहमन्त्री बनाउनुभयो भने तपाईको इमेज कहाँ पुग्ला,’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू दिल्लीबाट फर्किएको तेस्रो दिन नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालासँग भने, ‘वामदेव गृहमन्त्री बन्नु तपाईंको हितमा त छँदै छैन, मेरो हितमा पनि छैन, यही वैशाखमा हाम्रो पार्टीको नवौं महाधिवेशन हु...ँदैछ, हामरो पक्षको गृहमन्त्री भएन भने अप्ठेरो पर्छ, तसर्थ वामदेवलाई होइन, अरूलाई नै गृहमन्त्री बनाउनुपर्ला।’ अर्कोतर्फ, विभिन्न सार्बजनिक मंचहरूमा बोल्दा "ामेल साना तिन कुराहरू मा हानथाप गर्नु हुन्न. ुख्य कुरा संबिधान निर्माण गर्नु हो" भन्दै छन. माकुनेका यस्ता कपटपूर्ण र दोधारे ब्यबहारहरू आफ्नै पार्टी र नेताहरूका बिरुद्ध लाछित रहेका छन भन्ने कुरा मध्ये 
दिनको सुर्य जस्तै प्रष्ट छ. यस्ता पार्टी र देशका स्वार्थ बिरोधमा कामगर्ने "नेता"लाई जे गर्न पनि छुट दिने पार्टी नेतृत्वलाई नामर्द र लाचार नेतृत्व नभनेर के भन्ने? यस्ता मानिसहरूले नेतृत्व गरेको पार्टी कस्तो हुञ्छ? देखिएकै छ नि !

ओली आएपछि अलमल नहोला कि!

काठमाडौं। एमाले संसदीय दलको नेतामा केपी शर्मा ओली निर्वाचित भएपछि नेपाली राजनीति अलमलको शिकार हुनबाट मुक्त हुने अपेक्षा गर्न थालिएको छ। निजी स्वार्थले राजनीतिलाई अनिर्णयको बन्दी बनाउने नेपाली राजनीतिक परम्परामा ओली मुख्यमध्येको एक भूमिकामा उदाएपछि ब्रेक लाग्ने धेरैको अनुमान छ। राजनीतिक रुपमा प्रतिद्वन्द्वीलाई चिन्न सक्ने र उसका राजनीतिक विचारको खण्डन तार्किक रुपमा गर्न सक्ने क्षमताका कारण ओलीको उपस्थितिले संविधानसभा संसद् र सिंगै मुलुकको राजनीतिलाई प्रभाव पार्ने देखिन्छ। त्यसो त ओली दलको नेता निर्वाचित भएपछि एमालेको राजनीतिक भूमिका पनि विगतको भन्दा प्रभावकारी र स्पष्ट हुन्छ भन्ने धेरैको अनुमान छ।
दलको नेता सर्वसम्मत छान्ने प्रयास असफल भएपछि मंगलबार दिउँसो संसदीय दलको कार्यालय सिंहदरवारमा भएको चुनाववाट ओली अध्यक्ष खनाललाई २३ मतले पछि पार्दै दलको नेता निर्वाचित भएका थिए। एमाले संसदीय दलमा भएको चुनावले दुई महिनापछि प्रस्तावित पार्टीको आठौं महाधिवेशनको सम्भावित चित्रलाई पनि स्पष्ट पारेको छ। एमालेमा नेतृत्व हस्तान्तरणको जागरणलाई रोक्न यसअघि पार्टी नेतृत्वमा कब्जा जमाइरहेको शक्ति निकै सक्रिय थियो। त्यसले अमानवीय ढंगले ओलीको स्वास्थ्यजस्तो संवेदनशील विषयलाई पनि फोहोरी राजनीतिक हतियारका रुपमा प्रयोग गर्योा। तर, संसदीय दलको निर्वाचनबाट एमालेमा नेतृत्व हस्तान्तरण निश्चित भएको छ। पार्टीमा नेतृत्व हस्तान्तरणको मुद्दा अघि सार्दै अध्यक्ष खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल बाहेकका पदाधिकारी र शीर्ष नेताहरुले ओलीलाई संसदीय दलको नेता बनाउने प्रस्ताव अघि सारेका थिए। तर, वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्षबाहेकलाई संसदीय दलको नेता बनाउँदा पार्टीको एकता खण्डित हुने बताउँदै खनालको नाम प्रस्तावित गरेका थिए। नवौं महाधिवेशनबाट अध्यक्ष हुने आकांक्षा राखेका नेपालले खनालसँग गठबन्धन गरेर महाधिवेशनमा खनालको समर्थन लिन खोजेका थिए।
शीर्ष नेताहरुबीच सहमति नहुँदा एमाले संसदीय इतिहासमा पहिलोपटक निर्वाचन भएको थियो। निर्वाचनबाट पार्टी प्रमुखलाई हराउँदै तेस्रो बरियताका नेता ओली मंगलबार दलको नेता निर्वाचित भएका हुन्। एक सय ७३ सदस्य भएको एमाले संसदीय दलको निर्वाचनमा सबै मत खसेको थियो। जसमध्ये ओलीले ९८ र खनालले ७५ मत पाए। ओली निर्वाचित भएको घोषणापछि एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख सोमनाथ अधिकारी प्यासीले ओलीलाई दलको नेताको शपथ खुवाएका थिए।
बिहान पार्टी मुख्यालयमा भएको केन्द्रीय समिति बैठकमा शीर्ष नेताहरुले दलको नेतामा सहमति हुन नसकेको जानकारी गराएपछि केन्द्रीय समितिको बैठक १० मिनेट मात्रै बसेर निर्वाचनमा जाने सहमतिसाथ नेताहरु सिंहदरबार प्रवेश गरेका थिए। सोमवार बसेको केन्द्रीय समिति बैठकले रातभर सहमतिको प्रयास गर्न भन्दै मंगलवार ११ बजेसम्मका लागि बैठक स्थगित गरेको थियो।
निर्वाचन परिणाम सार्वजनिक गरे भएलगत्तै अध्यक्ष खनाल र ओलीले पार्टी नेता कार्यकर्ता तथा सभासदलाई सम्बोधन गरेका थिए। चुनावी परिणाम आउनासाथ अध्यक्ष खनाल र संसदीय दलका नेता ओलीबाट आएको प्रतिक्रियाले एमाले ओलीको नेतृत्वमा अ्कभै शक्तिसाली हुने अनुमान गरिएको छ। वरिष्ठ नेता माधवकुमार नेपालको इगोका कारण खनाल उम्मेदवार बन्न विवस भएका थिए। तर, आफूसँग पराजित भए पनि खनाललाई ओलीले कदर गर्दे अघि बढेपछि एमालेको आगामी महाधिवेशन सर्बसम्मतीमा नेतृत्व चयनको सम्भावना बढेको छ। निर्वाचन लोकतान्त्रिक विधि भएकाले त्यसलाई आत्मसात गरी मिलेर पार्टी र संसदीय दल चलाउने खनाल र ओली दुवैले घोषणा गरेका थिए। ओली बोल्नुअघि संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष खनालले ओलीको जित सिंगो एमाले, जनता र लोकतन्त्रको जित भएको वताए। ओलीलाई वधाई दिंदै उनले ओली र आफू मिलेर संसद् र देशमै एमालेको भूमिकालाई प्रभावकारी बनाउने वताए। ‘हाम्रो गौरवमय पार्टी संसदीय दलमा कमरेड केपी ओली बहुमतका साथ नेतामा निर्वाचित हुनु भएको छ, म सिंगो पार्टीको तर्फवाट र आफ्नो तर्फवाट उहाँलाई हार्दिक बधाई दिन्छु’ खनालले भने, ‘यो विजय एमाले, नेपाली जनता र लोकतन्त्रको विजय हो, लोकतान्त्रिक अभ्यासमा सौहार्दपूर्ण रुपमा सामेल भएका हामी मिलेर यो पार्टीको भूमिकालाई संविधानसभा र देशमा प्रभावकारी बनाउँछौं।’ खनालले चुनावपछि एमाले अझै सुदृढ र समृद्ध भएर अघि बढ्ने वताए।
अध्यक्ष खनालपछि बोलेका नवनिर्वाचित संसदीय दलका नेता ओलीले पनि खनालसँग मिलेर पार्टीको भूमिकालाई प्रभावकारी बनाउने वताए। उनले निर्वाचनमा केही समयका लागि दुई पक्षमा बाँडिए पनि चुनाव सकिनासाथ सबै एकै पक्ष भएको वताए। उनले मतदानका आधारमा कसैमाथि पक्षपात नगरिने वताउँदै ढुक्कसँग आफ्नो भूमिका निर्वाह गर्न सभासद्हरुलाई आग्रह गरे। उनले प्रतिस्पर्धाले अध्यक्ष खनाल र आफ्नो सौहार्दपूर्ण सम्बन्ध तलमाथि नहुने पनि वताए। ‘तपाईं सभासद्हरुले विभाजित भएर मतदान गरेको होइन, हामी नेताहरुले नै तपाईंहरुलाई दुई ठाउँमा मतदान गर्न भनेका हौं’ ओलीले भने, ‘मतदान सकिएपछि अव हामी सबै एकै ठाउँ भएका छौं कसैले कता मतदान गर्यो भन्ने आधारमा कसैमाथि पूर्वाग्रह र भेदभाव हुने छैन, ढुक्कले आफ्नो भूमिका निर्वाह गर्नुस्।’
पार्टीको मार्गदर्शक सिद्धान्त कार्यान्वयन गर्न एमालेसँग संसद्मा पनि प्रभावकारी टीम रहेको वताउँदै ओलीले यो टीमले राष्ट्रिय राजनीतिमा एमालेको भूमिका प्रभावकारी बनाउने वताए। उनले अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल र पार्टीका अन्य पदाधिकारीहरुसँग मिलेर आफू अघि बढ्ने वताए।

No comments:

Post a Comment