Monday, February 24, 2014

माकुने नेतृत्व कालमा एमालेको गुणात्मक चरित्रहरू


माकुने नेतृत्व कालमा एमालेको गुणात्मक चरित्रहरू (Qualitative characteristics) पतन हुँदै गएको थियो. पार्टी ब्यापीरुपमा राजनीतिक र सैद्धान्तिक अध्यन-प्रशिछ्यनहरू मुश्किलले वा कहिले पनि नचलाउने. माकुनेले आफुलाई "जनताको बहुदलिय जनबाद (जबज) को प्रखर हिमायती हुँ" भन्न नथाके पनि, पार्टीभित्र र जनतामाझ जबजको प्रचार, विस्तार र त्यसको बिकाशमा कुनै योजनाबद्ध कार्यक्रमहरू पार्टीगत र पार्टीब्यापी रुपमा कहिले पनि नल्याउनु र लागु नगर्नु. एमाले एउटा प्रगतीशील, अझ भनौं एउटा साम्यबादी चरित्रहरूयुक्त पार्टीबाट पतन (Degeneration) हुँदै गएर पतनोन्मुख, बुर्जुवा राजनीतिक जमात बनिरहेको छ. त्यसैले त आजकाल मानिसहरू एमालेलाई "भाइ कांग्रेस पार्टी" को उपनाम दिन थालेका छन. 

माकुनेको नेतृत्व र झलनाथ खनालको पछिल्लो ५ बर्षे नेतृत्व अवाधीहरमा, एमालेले राजनीतक सहयात्रीहरू र आम जनताहरूमाझ राजनीतिक बिश्वाश गुमाउंदै गएको: देशको समसामयिक राजनीतिक सवालाहरूबारेमा माधव कुमार नेपाल (माकुने) र झलनाथ खनालहरूको कम्जोर निर्णय खुबी र अस्पष्ट, दोधारे तथा अस्थिर अडानहरूका कारण एमालेले अर्को उपनाम पनि कमाएको छ. त्यो हो - "एमाले अडान नभएको, पार्टी हो, एमाले भरपर्दो राजनीतिक सहयात्री होइन, एमाले नपुंशक पार्टी हो, एमाले दोधारे पार्टी हो, एमाले दहिचिउरे पार्टी हो, एमाले दोबाटो वा चौबाटोमा उभिएर जता पनि लाग्ने पार्टी हो,एमाले लिङ्ग नखुलेको पार्टी हो, ” भन्ने बिल्ला भिराउने स्थिती पैदा गराए. माकुनेले जबजको बिकाश, बिस्तार र कार्यकर्ताहरू तथा आम जनता माझ यसलाई प्रचार गर्न कहिले पनि कुनै तोजना र कार्यक्रमहरू बनाएनन. 

पाँचौं महाधिवेशनमा मदन भण्डारीले बहुदलीय जनवादको कार्यक्रम ल्याउँदा त्यसको सबैभन्दा बढी पक्ष लिने व्यक्ति थिए ओली । नेपालले पनि त्यही पक्ष लिए, तर अलि ढिलो गरी । 'ओलीले पहिले नै समर्थन गरेका थिए, तर माधव नेपालले चाहिँ चित्त नबुझे-नबुझे जस्तोगरी यसको समर्थन गरेका हुन्', एमालेको पाँचौं महाधिवेशनमा प्रतिनिधिसमेत रहेका विश्लेषक हरि रोकाले भने ।

No comments:

Post a Comment