Monday, February 24, 2014

अब एमाले नेतृत्व रोगी र बुढाहरूका हातमा जाने

केहि दिन अघी मात्र सम्पन्न एमालेको सम्शदिय दलको दलको नेताको निर्बाचनको मतदान भैरहेको बेलामा "अब एमाले नेतृत्व रोगी र बुढाहरूका हातमा जाने शिलशिला सुरुभएको हुँदा यसले पार्टीलाई अन्त्य गर्ने छ" भनेका थिए. तपाईलाई आजभन्दा २१ बर्ष अगाडी नै नित्रित्व हस्त्रान्तरण गर्दा एमालेलाई कता लानु भयो त नेताजी? त्यो बेलामा तपाईं त अहिलेको भन्दा धेरै तन्नेरी हुनुहुन्थ्यो होला, होइन र? पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिने क्रममा तपाईंले चीनको पनि शन्दर्भ दिनु भएको छ. नेताजी महोदय, चिनमा सन् १९७६ देखि बडो योजनाबद्ध रुपमा प्रत्यक ५ देखि १० बर्षमा नयाँ नेताहरूलाई पार्टी र देशको सत्ता हस्त्रान्तरण गर्ने चलन भएको अहिले ३८ बर्ष भन्दा बढी भैसक्यो. त्यस्तो कुरा गर्न जान्नेले नेपालमा आफुले पनि चाहिं त्यस्तै गर्नुको सट्टा आफुले १५ बर्ष सम्म किन महासचिब हुनु भयो? त्यसको बिपरित, किन तपाईं अहिले पुन: अध्यछ्य हुन खॊज्दै हुनुहुञ्छ? जहाँसम्म उमेरको कुरा छ, तपाईं भन्दा त ओली नै कम उमेरका हुन् नि ! जहाँ सम्म कुनै ब्यक्ती रोगि हुने वा नहुने कुरा छ, त्यो कुरा तपाइंले आफुले नेता हुन चाहन खोज्नु वा नखोज्नु जस्तो रिजाईको बिषय होइन, नेता ज्यु ! यसको रोजाई तपाइंको नियन्त्रण बाहिरको कुरा हो. यस्ता कुराहरूलाई कसैको ब्यक्तीगत जीवनसँग जोडेर हाँसो र ठट्टा को बिषय बनाउन थाल्नु भयो भने भोली कसैले तपाइंको शारिरीक उचाईको पनि त्यसैगरी उपहास गर्न थाल्यो भने, त्यो बेलामा तपाईंलाई बल्ल चेत आउला कि! अर्को कुरा, जहाँसम्म वलीको कुरा छ, उनि १४ बर्षे झ्यालखानामा बिताएको १४ बर्षहरू मध्ये, ४ बर्षहरू त काल कोठरीमा बितेको थियो. त्यसबेला, उनले सामान्य नेपालीले खाने दैनिक खाना र एउटा मानिसको शरीरलाई दैनिक आबश्यक पर्ने पानीको मात्रा समेत निरङ्कुश पंचायती कुशासकहरूले दिन्दैन थिए. यस्ता कारणहरूले वलीको मृगौलाहरू नराम्रोगरी रोगग्रस्त भएका थिए. यो कुरा, अन्य जुनसुकै डाक्टरलाई सोधेमा थाहा हुन्छ. यस्तो कुरालाई नेतृत्वको छ्यामतासंग लगेर जोडदा त्यत्रो योद्धाको गरिमा माथी चोट लाग्दैन होला र? तपाईं एउटा सग्लो शरीर भएको नेताले पार्टी र देश नेरित्व गरेर प्राप्त उपलब्धीहरू पनि सबैले देखेकै छन. तपाईं भित्र मानबिय समबेदना भएको भए ओलीलाई लछ्य गरेर "रोगि" भन्न सक्नु हुने थिएन. त्यसरी, लामो समयसम्म, आफु बृद्ध र रोगी भएर पनि सफ़लातापुर्बक पार्टी, सेना र देशको नेतृत्व सम्पादन सफलतापुर्बक सम्पादन गर्न सक्ने नेताहरूका थुप्रै उदाहरणहरू छन. उमेरको कुरा गर्नु हुन्छ भने, फिडेल कास्ट्रोले ६२ बर्ष (करिब ८४ बर्षको उमेर) सम्म पनि महासचिब भएर चलाएकै हुन्. जसले, पार्टीलाई बिचाधारात्मक, सांगठानिक र ब्यबहारिक रुपमा हाँकेर, नेतृत्व दिन सक्छ, बुढो वा युवा, जसले चलाए पनि हुन्छ. युबा नै चाहिञ्छ भन्ने कुनै एक मात्र कारण छैन. एउटा मात्र शर्त यो हो कि पार्टी हाँक्ने मानिस बुढो, रोगी, आदी जस्तो होस्, मदन भण्डारी वा कास्ट्रो वा मोत्सेतुङ्ग वा होची मिन्ह जस्तो प्रतिभाशाली हुनु पर्छ. के तपाईं त्यस्तो प्रतिभाशाली नेता हुनुहुन्थ्योर? तपाईं आफ्नो १५ बर्षे महासचिबमा पुरै असफल भएर त नेतृत्वबाट राजिनामा दिनुभएको होइन र? अनि तपाईंले नै पार्टी भित्रका अन्य नेताहरूको छ्यमताको बारेमा प्रश्न उठाउने नैतिक धरातल के तपाईंसंग अझैँ बाँकी छ त? जननेता मदन भण्डारी बाँचिरहनु भएको भए, तपाईं एमालेको महासचिब कहिले पनि हुन सक्नु र पाउनु हुने थिएन. छ्यमता कै कुरा गर्ने हो भने, भण्डारीको तुलनामा तपाईं त केहि पनि होइन. त्यसै भएकोले उहाँको हत्या हुन पुगेको त होइन भेन्ने प्रश्न उठ्न सक्छ. धेरै कुतर्क र धुर्त्यांईका साथ बाठो हुन खोज्नु भएमा भोली तपाईं बिरुद्ध धेरै गम्भीर प्रश्नहरू उठ्न सक्ने छन. नेताज्यु, यसरी आफ्नो गुट र आफ्नो महत्वाकाञ्छ्या असफल हुने बित्तीकै कुतर्क र बिना प्रसङ्ग र बिना शन्दर्भका कुराहरू गर्न थाल्नु भयो भने तपाईंको सामान्य मानशिक स्वास्थ्य बारेमा दूनियाले ढिलो वा चांडो प्रश्न उठाउन सुरु गर्लान कि !

No comments:

Post a Comment